back

छ वर्षपछि पुनः चलचित्र निर्देशनमा निश्चल

वि.सं.२०८० कात्तिक ७ मंगलवार

588 

shares

काठमाडौँ । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे । उनी हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किएका छन् ।

दिमाग खराब चलचित्र सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको निर्देशक बस्नेतको भनाइ छ । उनले भने, “मैले कुनै राजनीतिक मुद्दालाई कथा बनाएको होइन तर राजनीति भने मिसिएको छ ।” उनले चलचित्रमा देखिएका पात्र राजनीति वा त्यसको परिस्थितिका कारण सिर्जित हुने गरेको भन्दै चलचित्र विशुद्ध मनोरञ्जनका लागि निर्माण गरिएको बताए ।

“एउटा साधारण मान्छेको आफ्नै भोगाइहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग कसरी खराब हुनपुग्छ भन्ने विषयलाई चलचित्रको कथा बनाइएको छ”, उनले भने । बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ निर्देशन गरिसक्नु भएको छ ।

चलचित्र दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्की, बिजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । साथै सुसन प्रजापतिले छायाङ्कन, आकाश बरालले पटकथा लेखन, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाले सङ्गीत सिर्जना र निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

वि.सं.२०८० कात्तिक ७ मंगलवार १५:०४ मा प्रकाशित

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

  काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको...

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ...

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट (बागलुङ) । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ...