back

मुक्तक

वि.सं.२०८० कात्तिक १८ शनिवार

915 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

पवन कुमार बुढाथोकी, काठमाडौं


कस्ता मान्छेलाई काममा लगाएछन
शिप र क्षमता भएकालाई भगाएछन
के के नै गर्लान भनेको त डाम्नाहरूले
देउता लखेटेर भुतैभुत पो जगाएछन ।


नेपालीलाई बनाउन सम्म बनाए गरिब
जो जो धेरै भाषण गर्ने तिनै हुन है हरिप
हे भगवान भण्डार घेर्नेमात्र किन पठाएको
पठाइदेउन अब त काम गरेर नै खाने सरिफ ।


गनाउन पनि गनाउन सम्म नै यहाँ गनाए
एसियाकै सबभन्दा गरिब देश हाम्रो बनाए
के के नै गर्लान भनेर आसा गरेको त हजुर
आफ्लाई भत्ता र सुबिधा बढाउने नै जनाए ।

४.
हे रहल पहलमा बसेका साहसी युवा जमात अब त केहि गर
तिस बर्षसम्म राजनीतिमा नै भन्केकाको छैन है केहि पनि भर
अथाहा प्राकृतिक श्रोत र संपति भएर पनि देश अगाडि बढेन त
धेरैजसो समय र परिस्थितिले थाकिसके तिमिहरु चैँ नमान डर ।


अझै पनि त झर्ला र खाँउला भन्नेहरू छन्
जातपातकै आधारमा पाउँला भन्नेहरू छन्
कोहि दलित कोहि ले त पंडित नै बनेर खाए
स्वार्थीहरु अझै शक्तिमा जाँउला भन्नेहरू छन् ।

 

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:१२ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...