back

कविता : पर्व राम्रो तिहार

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

खोलाघरे साहिंलो, इलाम

खुल्छन् पाखा,वन,नद,नदी खुल्छ आकाश सारा
मोतीजस्ता झलल सुकिला चन्द्रमा,घाम,तारा
फुल्छन् लाखौं कुसुम धरणी पूर्ण पारी बहार
हर्षोन्मादी शुभ समयको पर्व राम्रो तिहार । १।

के झुप्रा,के महल सबमा एकनासे उमङ्ग
हावा,पानी,प्रकृति सबको सङ्लिएको छ रङ्ग
जादूझैं यो अनुपम कला सृष्टिकै लाग्छ सार
जे जे हेर्यो शुभ शकुनको पर्व राम्रो तिहार । २।

सारा वस्ती,घर झिलिमिली फूलले,दीपले छन्
घिन्ताङ् घिन्ताङ् स्वर मधुरले मोह थप्तो छ झन् झन्
कान्छाकान्छी विविध गतिमा नृत्य गर्छन् अपार
व्याख्या गर्नै पनि कठिन यो पर्व राम्रो तिहार । ३।

गाई,गोवर्द्धन,बयल औ श्वान पुज्ने छ रीति
कौवा साथै मनुज सबमा साम्यताको प्रतीति
साझा निष्ठा प्रकृतिसँगको लाग्छ जो निर्विकार
पीडा,चिन्ता,कलुष नहुने पर्व राम्रो तिहार । ४।

भैलेनीका स्वरलहरले सत्व,ऐश्वर्य डाक्ने
उस्तै साङ्गीतिक लहरमा गुञ्जिने देउसी रे
वर्षैपिच्छे यम र यमुना भेटिने पर्व,बार
जुम्ली राजा बलि यशकथा पर्व राम्रो तिहार ।५।

चौपाया औ प्रकृति र चरा साथमा हुन्छ मान्छे
राखी मैत्री सहजपनको उच्चता छुन्छ मान्छे
लक्ष्मीलाई विधि,नियमले भक्ति गर्ने उदार
हिन्दू,हिन्दूइतर सबमा पर्व राम्रो तिहार । ६।

छन्द : मन्दाक्रान्ता

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:१४ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...