back

लघुकथा : जुक्ति

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.5K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

अनुराग अरुण,ललितपुर

जङ्लको छेउको यौटा घरमा बुढाबुढी मात्र बस्थे । छोराहरु सहरमा काम गर्थे । विहावारी गरेर उतै सहर तिरै घरजम गरेर बसेका थिए । खेतबारी खनजोत गर्ने कोहि भएनन ।

एकरात चोरहरु धनमाल चोर्न घर पसेछ । बुढाबुढीले चाल पाए । बिस्तारै दुबैको कानेखुशी गर्दै सल्लाह भएछ । बुढिले सोधेछ – ‘ए ! बुढा हिजो बैंकबाट झिकेको एक लाख रुपियाँ कहाँ राखेको छौं । मैले बाकसमा भेटिन ।’ बुढिको कुरा सुनेर बुढाले भन्छ – ‘चुप लाग । यस्तो कुरा पनि दुनियाँले सुन्नेगरि कराएर सोध्ने हो त ?’ बुढीले भन्छ – ‘बिस्तारै बोले तिम्ले कानले सुन्दिनौ । अन्त म के गरुँ ?’ बुढिको कुरा सुनेर बुढाले भन्छ – ‘बैंकबाट ल्याएको एक लाख र सबै सुनका गहनाहरु गाग्रीमा राम्रोसंग प्लास्टिकले पोका पारेर हाम्रो घर पछाडीको बारीमा गाडेर राखेको छु । अब चोरहरु घरमा आए पनि क्यै चिन्ता छैन । पुरानो भाडाकुडाँ बाहेक अन्त क्यै लानपाउँदैन । चिन्ता न’ले ढुक्कसंग सुत बुढी ।’

बुढाबुढीको दोहोरो गोप्य संवाद सुनेका चोरहरु घरबाट सुटुक्क निस्केर कोदाली लिएर घर पछाडीको वारि खन्ने थाले । रातभरी सकि नसकी वारि खनी रहे, जति खने पनि चोरहरुले त्यो गाग्री फेला पार्न सकेनन् । मिर्मिर बिहान हुन लाग्दा चोरहरु कोदालो त्यहीं छोडेर टाप कसे ।

बिहान उठेर हेर्दा बारी पुरै खनेको देखेर बुढाबुढी साह्रै खुशी र आनन्दित हुन्छ्न् । बुढाले हाँस्दै भन्छ – ‘हेरिस् बुढी ! मेरो जुक्ती । अब बारीमा मकै छर्ने हो ।’

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:१७ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...