back

ललितपुरका लागि एमालेद्वारा उम्मेदवारको नाम सिफारिस

वि.सं.२०७४ वैशाख १४ बिहीवार

120 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ वैशाख,काठमाडौँ  । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा ९एमाले० ललितपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सेनाले जानकारी गराउनुभयो ।

उहाँकाअनुसार ललितपुर महानगरपालिका प्रमुखमा हरिकृष्ण व्यञ्जनकार तथा उपप्रमुखमा उषा बज्राचार्य, रमा आचार्य, सरस्वती खड्का र सुकुमाया तामाङको नाम सिफारिस गरिएको छ ।

त्यस्तै गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मीठाराम केसी, रघुनाथ महर्जन र श्यामकृष्ण सिलवाल तथा उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल र सरिता केसी र महालक्ष्मी नगरपालिकाको प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, हरिगोविन्द श्रेष्ठ, सूर्यबहादुर थापा र शैलेन्द्र तथा उपप्रमुखमा निर्मला केसीको नाम सिफरिस गरिएको प्रचार विभाग प्रमुख तिमिल्सेनाले बताउनुभयो ।

यसैगरी महाँकाल गाउँपालिकाको अध्यक्षमा नवराज महत र रामचन्द्र दाहाल, उपाध्यक्षमा कमला तामाङ, वाग्मती गाउँपालिकाको अध्यक्षमा दुर्गा घिमिरे, उपाध्यक्षमा डोल्मा स्याङ्तान तथा कन्ज्योस्योम गाउँपालिकाको अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा सुस्मिता दुलाल घिमिरे, विष्णु तामाङ, मिनुकुमारी घिमिरे हुमागार्इं र राधा न्यौपानेको नाम सिफारिस गरिएको एमाले ललितपुरले जनाएको छ । रासस

वि.सं.२०७४ वैशाख १४ बिहीवार १५:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...