back

धादिङको विकट स्थानमा जिएसएम मोबाइल

वि.सं.२०७४ वैशाख १४ बिहीवार

156 

shares
NTC AD
Global IME AD

१४ वैशाख,काठमाडौँ  । नेपाल टेलिकमले धादिङको उत्तरी भेगको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्लाको उत्तरी लापा र तिप्लिङमा बिटिएस स्थापना गरी वैशाख १३ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । ती स्थानमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेका थिएन ।

लापामा स्थापित बिटिएसबाट धार्खा, सेरटुङ, बराङ, झारलाङका करिब तीन हजार घरधुरीका बासिन्दालाई मोबाइल फोनमार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । लापा धादिङ बेँसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दूरीमा रहेको छ ।

त्यस्तैगरी तिप्लिङमा स्थापित बिटिएसबाट तिप्लिङ र सेरटुङलगायत नजिकका गाउँका करिब दुई हजार घरधुरीका बासिन्दा यसबाट लाभान्वित हुने छन् । तिप्लिङ धादिङ बँेसीबाट ५५ किमी सडक मार्ग (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दूरीमा छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमले जनाएको छ ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

वि.सं.२०७४ वैशाख १४ बिहीवार १५:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै...

आजदेखि झुलाघाट नाका बन्द

आजदेखि झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द...

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले...

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका...

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

समितिद्वारा महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...