back
CTIZAN AD

वैशाख १५ देखि डिजिटल केबुल वितरण

वि.सं.२०७४ वैशाख १४ बिहीवार

717 

shares

१४ वैशाख,काठमाडौँ  । सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रणालीमा सञ्चालित केबललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न गृहकार्य भइरहेको जनाउँदै वैशाख १५देखि केबल टेलिभिजन बन्द हुने जस्ता विज्ञापन तथा सूचना प्रसारण भएकामा खण्डन गरेको छ ।

सरकारले २०७१ मङ्सिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कलाई इजाजत दिने कार्य बन्द गरिसकेको छ । यसअघि एनालग प्रविधिमा इजाजत प्राप्त केबल नेटवर्कलाई चरणबद्ध रुपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने नीतिअनुरुप यही वैशाख १५ गतेसम्ममा काठमाडाँै, ललितपुर र लेखनाथ पोखरा महानगरपालिका तथा विराटनगर र वीरगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिका केबल नेटवर्कले डिजिटल प्रविधिको स्थानीय प्रणालीमा रुपान्तरण गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुरुप ‘डिजिटल सिग्नल’ मात्र ग्राहकलाई वितरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यी क्षेत्रमा एनालग प्रणालीको हेडइन्ड भएका एनालग केबललाई सिग्नल वितरण नगर्नसमेत सिग्नल वितरकलाई मन्त्रालयले आग्रह गरेको छ । साथै सो क्षेत्रका केबल टिभी उपभोक्ताहरूलाई पनि आआफ्नो केबल टेलिभिजन डिजिटल प्रविधिमा रुपान्तरण नभएको भए केवल नेटवर्क सञ्चालकलाई जानकारी गराई गुणस्तरीय डिजिटल सिग्नल प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । रासस

वि.सं.२०७४ वैशाख १४ बिहीवार १५:३१ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...