back

भूकम्प पछि नेपाल प्रहरीले के गर्छ ?

वि.सं.२०८० कात्तिक १९ आइतवार

3.4K 

shares

विपद् व्यवस्थापन र उद्धार प्रयासमा नेपाल प्रहरीले अरु सुरक्षा निकायहरुसँग मिलेर गर्ने कार्यहरु अत्यन्तै महत्वपूर्ण हुन्छन् । यस अघिका विपद्का बेला नेपाल प्रहरीले आफ्नो जनशक्ति र स्रोत साधनको प्रभावकारी परिचालन गरी प्रभावित समुदायलाई उद्धार तथा राहात दिलाउन उदाहरणीय र प्रशंसनीय भूमिका खेलेको थियो।

नेपाल प्रहरीले गर्ने मुख्य कार्यहरु :

क) खोजी र उद्धार कार्य : भत्केका संरचनामा फसेका र आपतमा परेकाको खोजी र उद्धारका लागि आवश्यकता अनुसार उद्धार सामग्री सहित टोलीहरु परिचालन गर्दछ । प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकाय र उद्धारमा संलग्न अन्य निकायसँग समन्वय गरी सामुहिक प्रयासहरुमा प्रभावकारीता बढाउने काम गर्छ ।

ख) सुरक्षा र कानुन कार्यान्वयन : कानुन विपरीतका गतिविधि हुन नदिन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दछ । अति प्रभावित क्षेत्रमा आवश्यकता अनुरुप अस्थायी स्थानीय प्रहरी कमाण्ड पोष्ट स्थापना गर्दछ ।

ग) सवारी आवागमन सुचारु : सडक अवरोध हटाई सवारी आवागमन सुचारु गरेर आपतकालीन सहायता सामग्री र उद्दारकर्ताको पहुँच सुनिस्चित गर्दछ ।

घ) उद्धार र आश्रय व्यवस्थापन : प्रभावित समुदायलाई सुरक्षित अस्थायी आश्रय स्थलहरुमा सार्ने कार्यमा तदारुकता देखाउँछ । विस्थापित समुदायको सुरक्षा र हितको काममा खटिन्छ ।

ङ) समन्वय र संचार : नेपाल सरकार, सम्बन्धित प्रमुख जिल्ला अधीकारी, अन्य सुरक्षा निकाय र उद्धार, राहात र पुनस्थापना कार्यमा संलग्न निकायहरुसँग प्रभावकारी समन्वय, सहकार्य र संचार सुनिश्चित गर्दछ ।

च)  चिकित्सा सहायता :  अन्य उपचारको व्यवस्था नहुँदासम्म शूरुमा प्राथमिक उपचारको व्यवस्था, फिल्ड अस्पताल स्थापना र सिकिस्त विरामीलाई अन्यत्रका अस्पतालहरुमा पठाउने कार्यमा समन्वय गर्दछ । यसपालि नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी पनि प्रभावित क्षेत्रमा पठाएको छ ।

छ) सुचना र जनचेतना : सुरक्षा उपायहरू, आपतकालीन सम्पर्क नम्बरहरू र खोज र उद्धार प्रक्रियाहरू बारे जानकारी गराउँछ भने Rumors र Misinformation बाट बच्न सुचना प्रवाह गर्दछ ।

ज) क्षति मुल्यांकन र प्रतिवेदन : उद्धार र पुस्थापनको लागि चाहिने स्रोत यकिन एवम् क्षतिको प्रभाव मुल्यांकन गरी माथिल्ला निकायमा प्रतिवेदन गर्दछ ।

झ) जोखिममा रहेकालाई सहायता : बालबालिका, ज्येष्ठ नागरीक र शारीरीक कमजोरी भएका हरुलाई सहायता गर्दछ ।

ञ) राहात र पुनस्स्थापना कार्यमा सहयोग : खाद्यान्न, पानी, लत्ताकपडा र कम्बललगायत राहत सामग्रीको वितरणमा सहयोग गर्दछ । पुनस् निर्माण र सामुदायिक पुनर्वास कार्यमा योगदान गर्दछ ।

ट) मुचुल्का र अभिलेख : पीडित र प्रभावितहरुको लागि कानुन बमोजिमका मुचुल्का हरुको काम एवम् उद्धार र राहात कार्यहरुको सम्बन्धमा अभिलेख राख्ने काम पनि नेपाल प्रहरीले गर्दछ ।

नेपाल प्रहरी अन्तर्गत हाल हरेक प्रदेश र केन्द्रीय स्तरमा विशेष तालिम र उद्धार कौशल सहित विपद् उद्धार इकाईहरु पनि रहेका छन् । यस विपद्मा नेपाल प्रहरीका स्थानीय, प्रदेश स्तरीय र केन्द्रीय टोलीहरु खटिनेछन् । २०७२ सालको भुकम्पमा विदेशबाट समेत खोज तथा उद्धार टोली आउनु परेको थियो।

यस पटकको भुकम्पमा नेपाल सरकार र यसका सुरक्षा निकायहरुले खोज र उद्धार कार्यमा देखाएको तदारुकता प्रशंसनीय छ भने देश र विदेशबाट सहायता पनि उल्लेख्य रुपमा प्राप्त भएको छ जुन दुखेका घाउहरूमा मल्हम लगाउन सहयोगी हुनेछन् ।

(एसपी तिवारी, प्रहरी एकेडमीमा कार्यरत छ्न ।)

वि.सं.२०८० कात्तिक १९ आइतवार १६:१४ मा प्रकाशित

युुएईमा जारी कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

युुएईमा जारी कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि...

शासकीय प्रणाली सुधारका लागि १२ सुझाव

शासकीय प्रणाली सुधारका लागि १२ सुझाव

नेपालको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था १५ बर्ष पुग्दानपुग्दै...

एमाले कार्यकर्ताहरुलार्ई खुला पत्र

एमाले कार्यकर्ताहरुलार्ई खुला पत्र

प्रिय कमरेडहरु अभिवादन । सर्वप्रथम यो देशको सबैभन्दा धेरै प्रजातान्त्रिक,...

छठ पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ

छठ पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ

हिमांशु चौधरी, काठमाडौँ । छठ पर्र्व तराईको समतल फाँटदेखि हिमालको...

मेट्रो एफएमका पाका कुरा

मेट्रो एफएमका पाका कुरा

जेष्ठ नागरिक भनेका हाम्रा समाजका गहना हुन् । अहिले नेपालमा...

चुनौतीको चाङमा न्यायाधीश समाज

चुनौतीको चाङमा न्यायाधीश समाज

सम्वत् २०८० सालको विजया दशमीको समापनसाथ न्यायाधीश समाजले नयाँ नेतृत्व...