
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई कम्पनीको अनुमति पत्र खारेज गरेको छ ।
प्राधिकरणले इ-मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै ती कम्पनीले नवीकरणका लागि समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकाले स्वतः अनुमति पत्र खारेज गरेको जनाएको छ ।
साथै ती कम्पनीहरुलाई नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा आजदेखि ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क राख्न सूचनामा भनिएको छ । अन्यथा प्रचलित कानुन अनुसार कार्यवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।
वि.सं.२०८० कात्तिक २१ मंगलवार ०७:५८ मा प्रकाशित