
काठमाडौं । पर्वतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पर्वतको विहादी गाउँपालिका–३ कुमाल गाउँस्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका–२२ बुंग्मतीस्थित टहरामा बस्ने ओखलढुङ्गा घर भएका ४८ वर्षीय डम्बर बहादुर थापा मगर टहरामै मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० कात्तिक २१ मंगलवार १५:३८ मा प्रकाशित