back

पालिकाद्वारा रासायनिक मलको कोटा निर्धारण

वि.सं.२०८० कात्तिक २२ बुधवार

408 

shares

कञ्चनपुर । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलबध गराउन कोटा निर्धारण गरिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ । नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पुर्याउनका लागि कोेटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए ।

नगरपालिकामा दर्ता भएका २२ सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन् । “सहकारीमा आबद्ध सदस्य र किसानको सङ्ख्यालाई ध्यानमा राख्दै कोटा निर्धारण गरेका छौँ”, उनले भने, “थोरै सदस्य भएका सहकारीलाई थोरै कोटा निर्धारण गरिएको छ ।”

सहकारीलाई कम्तीमा एक सय २५ देखि अधिकतम एक सय ५४ बोरासम्म पाउने गरी कोटा निर्धारण गरिएको भट्ट बताउँछन् । नगरपालिकाले सहकारीलाई कोटा निर्धारण गरी मल वितरण गर्दै आए पनि केही सहकारीमा सञ्चालकमा आबद्ध सदस्यलाई मात्रै रासायनिक मल उपलब्ध गराउँदा सहकारीमा आबद्ध नभएका किसानले मल नपाउने गरेको गुनासो छ ।

नगरपालिका क्षेत्रमा कोटा निर्धारण गरिएभन्दा बढी रासायनिक मल डिएपीको खपत हुने गरेको छ । नगरपालिकाभित्र डिएपी मल प्रतिवर्ष १३ हजार मेट्रिक टन माग रहेको छ । कोटाको थोरैमात्रै मल आउँदा चर्को मूल्य तिर्दै किसानले भारतीय गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य छन् ।
रासस/फाइल फोटो

वि.सं.२०८० कात्तिक २२ बुधवार १०:४१ मा प्रकाशित

सोती घटना : २३ जनालाई जन्मकैद, प्रेमिकालाई दुईवर्ष जेल

सोती घटना : २३ जनालाई जन्मकैद, प्रेमिकालाई दुईवर्ष जेल

त्रिवेणी (रुकुम पश्चिम) । विसं २०७७ जेठ १० गते रुकुम...

अहिले सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

अहिले सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको...

खाद्यद्वारा चार हजार क्विन्टल धान खरिद

खाद्यद्वारा चार हजार क्विन्टल धान खरिद

खजुरा (बाँके) । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

चित्रकलामार्फत थारु संस्कृतिलाई संरक्षण गर्दै मित्थु

चित्रकलामार्फत थारु संस्कृतिलाई संरक्षण गर्दै मित्थु

  जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली...

नौ हजार भूकम्पपीडित परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा

नौ हजार भूकम्पपीडित परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा

काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये...