back

पाल्पाका किसानलाई अदुवा बिक्रीको चिन्ता

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

537 

shares

p-gingersरामपुर (पाल्पा) । बजारमा अदुवाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

नगदे बालीको रुपमा रहेको अदुवा उत्पादन गरेर वर्षौंदेखि जीविका चलाउँदै आएका कृषक यस वर्ष अदुवाले बजार नपाउँदा समस्यामा परेका छन् ।

बाकामलाङ–४ का कृषक टुकबहादुर सोती अदुवा बिक्री गरेर परिवारको जीविका चलाउँदै आउनुभएको छ । तर यस वर्ष उहाँले अदुवा बिक्री गर्न पाउनुभएको छैन । प्रतिधार्नी अदुवा रु २०० मा बिक्री गरेका सोतीले अहिले प्रतिधार्नी रु ३५ मा बिक्री गरिरहनुभएको छ ।

“गत वर्ष रु एक लाख आम्दानी गरेको थिएँ, यस वर्ष लगानी पनि नउठ्ने भयो,” सोतीले भन्नुभयो– “छोराछोरीको लालनपालन, पढाइ खर्च र घरायसी खर्च कसरी चलाउने हो भन्ने समस्या छ ।”

बाकामलाङ्–४ लेखमलाङका अधिकांश कृषकको पुख्र्यौली पेसाका रुपमा रहेको अदुवाखेतीलाई उनीहरूले हालसम्म व्यावसायिक रुपमा आम्दानीको स्रोत बनाउँदै आएका छन् । यहाँका ७५ घरपरिवारले बारीभरि अदुवा लगाएर बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

“पहिला कृषकलाई अदुवा लगाउन र बेच्ने चटारो हुन्थ्यो, व्यापारी अदुवा खरिद गर्न गाउँमै आउँथे, यस वर्ष अदुवा कुहिन थाल्यो,” कृषक मीनबहादुर सोतीले भन्नुभयो । विगत वर्षमा व्यापारीको माग पु¥याउन समस्या हुने गरेको थियो । यहाँ उत्पादन भएको अदुवाको मुख्य बजार भारत हो । भारतले गत वर्षदेखि अदुवा उत्पादन बढाएसँगै यहाँ उत्पादित अदुवाले बजार नपाएको किसान बताउँछन् ।

जिल्लामा आव २०७२÷७३ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा रु ३१ करोड ३० लाखको १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले जानकारी दिनुभयो । जिल्लाको मुख्य नगदे बालीका रुपमा रहेको अदुवाखेती विस्तार गरी सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम अगाडी सारेको छ ।

भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्गदी, खालीवन, सिलुवा, बाकामलाङ, झिरुवास, सहलकोट, मित्याल, गल्धालगायत क्षेत्रलाई अदुवाको पकेट क्षेत्रका रुपमा विकास गरिएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०३:०१ मा प्रकाशित

Himalayan Life AD
नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९ औँ वार्षिक...

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडाैँ । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि....

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको...

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...