एनआरएनए संस्थापक संरक्षक तथा एनआरएनए अभियन्ता एवम जर्मनिका लागि नेपाली महावाणिज्यदूत रापप्रताप थापाले सुनपुर दाङमा चलिरहेको पानी अभियानलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । पानी अभियानकर्ता मित्रलाल पार्देसित डेनमार्कको भेटमा उक्त घोषणा गर्नुभएको हो । विदेशी भुमिबाट एक साधारण युवाले शुरु गरेको पानी अभियानको नारा हामी सबैको साझा नारा बन्नु पर्छ र पानी अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै पानी अभियानकर्ता मित्रलाल पार्देसितको भेटमा उक्त कुरा बताउनुभएको थियो ।
थापाद्दारा अभियानकर्तालाई प्रेषित गरिएको शुभकामना सन्देश, “Mitralal ji, my best wishes for your water campaign. । बिशेष गरेर भुकम्प पछि धेरै गाउँमा पानीको मुहानहरु ठप्पै सुकेका छन् । त्यसैले यो पानी अभियान वास्तविक र सार्थक पनि छ । सबै नेपालको स्थिति हेर्दा सबैको घर नजिकमा स्वस्थ र सफा पानी हुनुपर्नेमा धेरै ध्यान दिनुपर्ने देखिन्छ । मेरो तर्फबाट तपाईं र पानी अभियानको सफलताको शुभकामना ।”
स्मरण रहोस् हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् भन्ने नारा फेसबूक स्ट्याटसबाट सारेर अगाडि बढेको पानी अभियानले सुनपुर दाङमा बोरिङ खन्ने काम भैसकेको छ भने सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष प्रेम केसीले पाइप र ट्यान्की निर्माण गर्नको लागि सहयोगी हातहरु अगाडि बढाउन हार्दिक अनुरोध गर्नुभएको छ ।