back

पालिकाकाद्वारा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रदान

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

336 

shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका-४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

“यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पु¥याउँछ”, नगरप्रमुख भामले विश्वास व्यक्त गरे- “यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ ।”

रासस/सांकेतिक फोटो

वि.सं.२०८० कात्तिक २४ शुक्रवार ०८:२३ मा प्रकाशित

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक...

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले...

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले...