back

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न सुरु

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

522 

shares
NTC AD
Global IME AD

वीरगञ्ज (पर्सा) । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो ।

महसुल बुझाउन पटक-पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिए । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको प्रमुख महर्जनले बताए ।

संस्थानले ग्राहकबाट करिब रु १२ करोड २६ लाख बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट रु दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको प्रमुख महर्जनले जानकारी दिए । खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारीलगायत छन् । खानेपानीको महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा-वडामा टाँस गरिएको र पटक-पटक स्थानीय पत्रिकामा समेत सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको महर्जनको भनाइ छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटेर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए । विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर पानी महसुलको रकम नतिर्ने व्यक्तिको नाम कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखी बैंकिङ कारोबार रोक्ने गरी कानुन परिमार्जनको तयारीमा मन्त्रालय रहेको प्रमुख महर्जनले बताए ।
रासस /फाइल फोटो

वि.सं.२०८० कात्तिक २४ शुक्रवार १२:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...