Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

नेप्लीज ब्रदर रुमद्धारा अग्निपीडितलाई जस्ता पाता वितरण



nepalese-brother१५ बैशाख, काठमाडौं । नेप्लीज ब्रदर रुमले (एनबिआर) ले सुनसरीका अग्निपीडितहरुका लागि जस्ता पाता वितरण गरेको छ ।
सुनसरीको बराह नगरपालिका ९ कौवाटोलका अग्नि पीडितका लागि नेप्लीज ब्रदर रुमले ११ घरपरिवारका लागि  बैशाख १४ गते विहिबार २\२ वण्डलका दरले २२ बन्डल (१९४ पिस) जस्ता पाता वितरण गरेको हो ।
आगलागिबाट पीडित स्थानीयका लागि तत्काल जीवनयापन गर्न सहज होस भन्ने उद्धेश्यले इलाका प्रहरी कार्यालय, पत्रकार तथा स्थानीयवासीको रहोवरमा उक्त सहयोग गरिएको बताइएको छ । साथै जस्ता पाता बाँध्नका लागि बेल्डिङ र तारहरु पनि वितरण गरिएको थियो ।
उक्त सहयोगबाट ११ घरपरिवारका ४९ जना लाभान्वित भएको जनाइएको छ । चैत ३० गते भएको उक्त आगलागीमा परी तीनजना घाइते भएका थिए भने ११ घर पूर्ण रुपमा जलेका थिए ।

nepalese2
Nepalese Brothers Room (NRB)  सामाजिक संजाल फेसबुकमा आधारीत रहेका युवाहरुको ग्रुप हो । जसले संसारभर रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई एउटै छाताभित्र ल्याउने तथा भाइचाराको सम्बन्ध कायम गर्ने कोशिष गरिरहेको छ ।

देशको हित र उन्नतीका निम्ति यथासक्य सहयोग गर्न सदैव तत्पर रहेको यस ग्रुपले व्यक्ति एक्लै भन्दा पनि समुहमा मिलेर धेरै काम गर्न सकिन्छ भन्ने विश्वास राख्ने उद्धेश्य बोकेको एनआरबीका सदस्य पाल्पाका शिव थापाले संसारन्युजलाई बताए । सोहि ग्रुपको सहकार्यमा सुनसरीको सुनसरीको बराह नगरपालिका ९ कौवाटोलमा पुगेर सहयोग सफल भएको पनि थापाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको