back

अझै पनि हटेन छात्रा माथिको विभेद

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

279 

shares
NTC AD
Global IME AD

१५ वैशाख, जुम्ला । यहाँका शिक्षिकाले विद्यालयमा अध्ययनरत छात्रछात्राको कक्षा तह बढ्दै जाँदा छात्राको सङ्ख्या घट्दै जाने गरेको बताएका छन् ।

शिक्षा पत्रकार सञ्चार र जिल्ला शिक्षा कार्यालयद्वारा आयोजित ‘जुम्लामा छात्राको अवस्था’ विषयक कार्यक्रममा शिक्षिकाले यो कुरा खुलासा गरेका हुन् । शिक्षिका वसन्ती महतले कक्षा तह बढ्दै जाँदा छात्रा सङ्ख्या घट्ने र मानसिक समस्या उनीहरुमा बढी देखिने गरेको बताउनुभयो ।

छोराभन्दा छोरीलाई घरायसी बोझ हुने, महिनावारी हुँदा विद्यालय प्रवेश गर्न समस्या मान्ने र किशोरी अवस्थामै विवाह गरिहाल्ने कारणले पनि उनीहरुको सङ्ख्यामा कमी आउने गरेको उहाँको भनाइ छ ।

शिक्षिका भगवती श्रेष्ठले अभिभावकले न्यायिक व्यवस्थापन नगरेका कारण छात्राले यो अवस्था व्यहोर्नु परेको औँल्याउनुभयो । ‘‘अहिले पनि विद्यालयमा छात्रामाथि दुव्र्यवहार हुने गरेको छ र यसले उनीहरुको सामाजिक प्रतिष्ठामा आघात पुगेको छ’’– उहाँले भन्नुभयो । अध्ययनका क्रममा देखिएका थुप्रै व्यवधानका कारण कक्षा तह बढ्दा छात्रा सङ्ख्या घट्ने गरेको उहाँको बुझाइ छ ।

छोराछोरी समान हुन् भन्ने धारणा केहीमा देखिए पनि छोरीलाई सामुदायिक सरकारी र छोरालाई संस्थागत विद्यालयमा पढाउनुले विभेद कायमै रहेको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताउनुभयो । अभिभावकले आफ्ना सन्तानको कुशल व्यवस्थापन गर्न नसक्नु उनीहरुले परम्परागत सोच र रुढीवादी संस्कारलाई बढवा दिएको उहाँको आरोप छ ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले अधिकांश अभिभावकले छोरीभन्दा छोराको गुणस्तरीय शिक्षामा महत्व दिएकोे र लगानी पनि बढी छोरामा गरेको बताउनुभयो । समग्रमा जिल्लाको शैक्षिक अवस्था सुधारिँदै गएको बताउँदै जिशिअ फडेराले अपाङ्गता भएका र विपन्न बालबालिकामात्रै विद्यालय पहुँच बाहिर रहेको प्रस्ट्याउनुभयो । यो अवस्थाका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको उहाँको भनाइ छ ।

स्रोत व्यक्ति रामबहादुर चापागार्इंले विद्यालयमा अधिकतम छुवाछूतको धारणा विद्यमान छ भन्नुभयो । विभिन्न कारणले छात्राको पढाइमा समस्या भएको र यो अवस्था सुधार ल्याउनुमा अभिभावक र विद्यालयको प्रमुख भूमिका हुनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका सहभागीले छात्रामैत्री भौतिक संरचना, महिनावारीको समयमा हुने समस्या, असुुरक्षा र दुव्र्यवहारजस्ता कुरा छात्राको अध्ययनमा बाधक देखिएको औँल्याएका थिए ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०७:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...