back

वनमा गाईबस्तु चराउन बन्द

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

243 

shares
NTC AD
Global IME AD

१५ वैशाख, रत्ननगर,चितवन । पर्यटकीय क्षेत्रका रुपमा विकास भएको पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गाईबस्तु चराउन बन्द गरेको छ ।

पर्या–पर्यटनको विकास र वन्यजन्तु संरक्षणका लागि यहाँ चरिचरन बन्द गरिएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिनुभयो ।

सामुदायिक वन संरक्षण भएसँगै यहाँ वन्यजन्तुको वासस्थानमा बृद्धि भएकाले निश्चित स्थान छुट्याएर अन्य क्षेत्रमा चरिचरन बन्द गरिएको हो । सामुदायिक वनले अहिले गाउँका बस्तु चराउन दुई ठाउँमा तारबार लगाएर स्थान छुट्याएको छ ।

कुमरोज वनको इचर्नी पोष्ट र जनकपुर पोष्टनजिकै झन्डै १०÷१० हेक्टर क्षेत्रफलमा मात्रै चरिचरन गर्न पाइने नियम बनाइएको नेपालले जानकारी दिनुभयो ।

अन्य क्षेत्रमा मानिस र पालुवा जनावरको आवतजावत हुँदा पर्या–पर्यटनमा र वन्यजन्तुको वासस्थान प्रभावित हुने भएकाले चरिचरनमा रोक लगाइएको सामुदायिक वनले जनाएको छ ।

स्थानीय बूढी राप्ती उपभोक्ता समिति, कुमरोज सामुदायिक वन, खैरहनी नगरपालिका, चोरी सिकार नियन्त्रण युवा जागरण अभियानलगायत सङ्घसंस्थाको पहलमा चरिचरन बन्द गरिएको हो ।

जङ्गलमा चरिचरन र घाँस दाउरा गर्न जाँदा वन्यजन्तुको आक्रमणमा परी मानिसको समेत ज्यान जाने खतरा रहेकाले अहिले जोखिम कम भएको स्थानीयवासी गोविन्द दराईले जानकारी दिनुभयो ।

चितवनको सौराहासँगै जोडिएको उक्त क्षेत्रमा अहिले विदेशी पर्यटकसमेत गैँडा हेर्न पुग्छन् भने हात्ती सफारी र जिप सफारी गरेर वन्यजन्तु अवलोकनको सुविधा उपलब्ध गराइएको छ ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०७:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...