back

महिला टी-२० सिरिज : नेपालले पहिला ब्याटिङ गर्ने

वि.सं.२०८० कात्तिक ३० बिहीवार

576 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ  ।  चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

यससँगै अब हङकङले पहिला बलिङ गर्ने भएको छ । नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पुजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।

वि.सं.२०८० कात्तिक ३० बिहीवार १२:०२ मा प्रकाशित

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत्...

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङका स्थानीयलाई एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान...

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

चौरासी पूजाको खर्च कटाएर आठ लाखभन्दा बढी विद्यालयलाई सहयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र...

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्रकरणमा मुद्दा दायर...

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

डुम्रे-बेँसीसहर दुई लेन सडकमा कालोपत्र

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक...

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बमजस्तो देखिने वस्तु विस्फोट हुँदा थप दुईको मृत्यु

बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु...