back

शिखर सम्मेलनमा एसिया-प्रशान्त सहयोगीका लागि बाइडेन र सीबीच प्रतिस्पर्धा

वि.सं.२०८० मंसिर १ शुक्रवार

690 

shares

सान फ्रान्सिस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया-प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गरेका छन् । दुई महाशक्तिबीचको तनाव गर्न दुवै नेताले भेट भएको एक दिनपछि उनीहरूले त्यस्तो प्रयास गरेका हुन् ।

“हामी कतै जाँदैनौँ”, एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा यस क्षेत्रका २१ मुलुकका लागि अमेरिकी प्रतिबद्धताबारे आश्वस्त पार्ने प्रयास गर्दै सहभागी व्यापारिक नेताहरूलाई बाइडेनले भने । उनले सीसँग आफ्नो कुराकानीबाट क्षेत्रीय र वैश्विक लाभ हुने बताए ।

दुवै नेता सैन्यदेखि सैन्य सम्बन्ध पुनःस्थापित गर्न सहमत भएका छन् । राष्ट्रपति सीले फेन्टेनल औषधिका लागि चीनमा यसको उत्पादनलाई रोक्ने वाचा गरे ।

“विश्वका दुई ठूला अर्थतन्त्रबीचको स्थिर सम्बन्ध ती दुई अर्थतन्त्रका लागि मात्र नभई विश्वका लागि राम्रो हुन्छ”, बाइडेनले भने । यद्यपि तनाव कम भए पनि बाइडेनले एपेकका २१ मुलुकमध्ये धेरैका लागि बेइजिङको तुलनामा वासिङ्टन राम्रो सहयोगी हुने बताए ।

सीले आफूलाई बुधबार ‘किन हामी प्रशान्तमा यति व्यस्त छौँ’ भनेर सोधेको भन्दै बाइडेनले भने, “मैले भनेँ, किनभने हामी प्रशान्त मुलुक हौँ, हाम्रो कारणले यस क्षेत्रमा शान्ति र सुरक्षा भएको छ, यसले तपाईंलाई विकास गर्न अनुमति दिएको छ, उहाँ असहमत हुनुभएन ।”

क्यानाडाको तटबाट चिली, अस्ट्रेलिया, मलेसिया र रुससम्म फैलिएको विशाल गतिशील क्षेत्रमा प्रभाव हासिल गर्न चीन र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन् । चीनले आफ्नो बेल्ट एन्ड रोड कार्यक्रममार्फत पूर्वाधार र ऋण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अमेरिकाले पनि व्यापार र अन्य सम्झौतामार्फत गठबन्धनलाई बलियो बनाउने प्रयास गरिरहेको छ ।
एएफपी

वि.सं.२०८० मंसिर १ शुक्रवार १४:३२ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा...

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...