back

कियाचु अमेरिकाद्वारा आयोजित बलिहाङ तङनाम भव्यरुपमा सम्पन्न

वि.सं.२०८० मंसिर २ शनिवार

960 

shares

कियाचु अमेरिकाद्वारा कियाचु अमेरिकाद्वारा आयोजित बलिहाङ तङनाम भव्यरुपमा सम्पन्न भएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित गुल्शन टेरेसमा नोभेम्बर १० का दिन आयोजित बलिहाङ तङनाम भब्यताका साथ सम्पन्न भएको हो । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गरेका थिए ।

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेको अध्यक्षतामा संचालित कार्यक्रममा अमेरिकास्थित महावाणिज्य दूताबासका महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो र कोलोम्बिया युनिभर्सिटी न्युयोर्क अमेरिकाका प्रोफेसर डा. प्रेम फ्याकलगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अमेरिकामै चलयमान विभिन्न जातीय संस्थाहरु, मगर समाज अमेरिकाका अध्यक्ष अमृत रोक्का, म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचन, भूमे पर्व समिति अमेरिकाका अध्यक्ष चक्र बुढामगर, घ्यालसुम्दो सेवा समाज अमेरिकाका अध्यक्ष चित्रकुमारी गुरुङ, किरात राई सोसाईटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका अध्यक्ष ममता खालिङ राई, तमु समाज अमेरिकाका अध्यक्ष तोरण गुरुङका भुतपुर्व अध्यक्ष एवं समाजसेवी केशवराम राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र संचारकर्मी विक्की पुलामी लगायतको आतिथ्यता रहेको थियो ।

याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ–आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रीय विभुतिको रुपमा रहनु भएका विभुतिहरुको तस्विरमा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रीय गानको प्रस्तुति पश्चात संस्थाका उपाध्यक्ष विवश माङ्मुले आमन्तृत सम्पुर्ण अतिथि एवं महानुभवहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भुतपुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको नेतृत्व र संस्थाका सुबास चोङ्बाङ, बिष्णु चोङबाङ, मौसम ईङनाम, पुर्ण खिम्दिङ, बन्दना तुम्बाहाङफे, केपी शेर्मा, रिना थाम्सुहाङ, सरोज थाङदेन, निलम योङहाङ जवेगु, भिमा देवान, विमल चेम्जोङ, रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो, पुरन पयाङ्गु, र सोनिया यकयुक लिम्बुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र लारिङगेक, नाम्लिङगेक (देउसी भैले) प्रस्तुत गरिएको थियो ।

कियाचु अमेरिकाको इतिहासमा पहिलोपटक, कियाचु बालबालिका विभागका सदस्यहरु बानु तुम्बाहाङफे, सजना लिम्बु, रिना थाम्सुहाङ, दिक्षा जबेगु एवं अभिभावकहरुको सकृयतामा याक्थुङ लिम्बु जातिको मौलिक एवं परम्परागत भेषभुसाको सम्बन्धमा केही ज्ञान होस, संस्कार संस्कृति परम्परा प्रति चासो गर्न हौसला मिलोस, याक्थुङ संस्कार संस्कृति पुस्तान्तरण हुँदै जावस भन्ने उदेश्यले बालबालिकाहरुको याक्थुङ लिम्बु भेषभुसा सानदार रुपमा प्रदर्शन भएको थियो ।

कियाचु अमेरिकालाई विगत लामो समयदेखि विभिन्न तह तप्का र भूमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याएका महानुभावहरु लिला सिंघक, विजेता थेबे, सुबास चोङबाङ, बिष्णु चोङबाङ, भिमा देवान, निलम योङहाङ जबेगु, सरोज थाङदेन, रुपा याक्खा, राम लिम्बु, रिना थाम्सुहाङ लिम्बु, भुपेन्द्र अधिकारी, सोनिया यक्युक लिम्बु, सुम्निसामा मेन्याङबो, हिक्मत लिम्बु र सजना योङहाङ लिम्बुलाई वहाँहरुले संस्थाको वृत्ति विकासका लागि पुर्याएको योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरु मार्फत दोसल्लाका साथ सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो ।

बलिहाङ तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेबेले बलिहाङ तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्ने संस्थाका सम्पुर्ण पदाधिकारीहरु, प्रायोजकहरु, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, क्यामेरा म्यानहरु, संचारकर्मीहरु, खाना उपलध गराईदिने स्पाईसी नेपाल प्रति आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

बलिहाङ तङनामको दोश्रो खण्डमा याक्थुङ लिम्बु भेषभुसा प्रदर्शनिमा सहभागी बालबलिकाहरु नामबिनहाङ पयङ्गु, मिसुमहाङ्मा चेम्जोङ् ,मिराक पयङ्गु, इरभान कार्की, प्राची बिसुन्खे, सारङ लिम्बु, सारगोप बिसुङ्खे, निस्चय लिम्बु राई, हाङ्सा सुब्बा, नियोन योन्जन, साक्निम खिम्दिङ्, नैया लावति, नामहाङ चेम्जोङ्,मुक्कुम तुम्बाहाम्फे, लिलिन तुम्बाहाम्फे, स्वर्निम लिम्बु राई, आरभहाङ लिम्बु कार्की, अर्या लिम्बु, खेम्सेक मावो लिम्बु,साम्योङ थेवे, मिसाम खिम्दिङ्, हिल्ली इवाहाङ् लिम्बु, प्रनभी थेवे, मिङ्नाम सुब्बा, सेलिना सुब्बा, उदिप्ती लिबाङ, नियोहाङ् लिबाङ्, लासाङ सुब्बा,दिलना थेवेलाई संस्थाको अध्यक्ष दिपक थेबेबाट प्रमाणपत्र वितरण गरिएको थियो भने चर्चित मोडेल एवं नृत्याङगना सोनिया यक्युक लिम्बु, गायिका शशिकला मोक्तान, गायक रेमोस अधिकारी लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

वि.सं.२०८० मंसिर २ शनिवार ०८:४८ मा प्रकाशित

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

काठमाडौं । बेलायतमा कार दुर्घटनामा परि एक नेपालीको दुःखद निधन...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...