back

पर्यटकको रोजाइमा प्राकृतिक सुन्दरताले भरिएको ढोरपाटन सिकार आरक्ष

वि.सं.२०८० मंसिर ३ आइतवार

351 

shares

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अभावमा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे । केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएन । बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेण्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन । तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि नेपाली सेनाले ढोरपाटन प्रवेशद्वार देउरालीमै आगन्तुकको गणना गर्नुपर्छ । पछिल्लो समय विगतका तुलनामा ढोरपाटन आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । पहिलो जनैपूर्णिमा र वैशाखेपूर्णिमा मात्रै आउने गरेकामा दुई वर्षयता बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलाका लागि ढोरपाटन आउनेको सङ्ख्या ठूलो छ । अझ यस वर्ष दसैँ बेला निकै ठूलो सङ्ख्यामा पर्यटक आएको पाइन्छ । विदेशी पर्यटक सिकारयामका बेला सिकार खेल्न हेलिकप्टरमार्फत आउने गर्छन् । त्यसबाहेक गाडी तथा मोटरसाइकलमार्फत घुम्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा ढोरपाटन घुम्न आउनेको सङ्ख्या दुई हजार छ सय नौ छ ।

असोज महिनामाभन्दा कार्तिक महिनामा बढी पर्यटक ढोरपाटन आएको सिकार आरक्षको तथ्याङ्कमा उल्लेख छ । असोजमा नेपाली चार सय ७५ र विदेशी २१ गरी चार सय ९६ ढोरपाटन आएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । कात्तिक दसैँ तिहारको महिना भएको हुँदा यस बेला दुई हजार एक सय १३ पर्यटक आएको उहाँको भनाइ छ । कात्तिकमा दुई हजार ९७ नेपाली र १६ विदेशी पर्यटक आएको उनी बताउँछन् ।

गत आवमा सात हजार छ सय ४५ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन आएकोमा चालु आवको चार महिनामा तीन हजार नौ सय ९९ पर्यटक भित्रिएको सूचना अधिकारी पङ्गेनीको भनाइ छ । अहिलेनै चार महिनामै चार हजार पर्यटक भित्रिसकेको भन्दै चालू आव सकिदासम्म गत वर्षको तुलनामा धेरै बढी आउने आँकलन गरेको उनले बताए । गत वर्ष १९ लाख ६२ हजार पाँच सय राजस्व सङ्कलन भएकोमा चालु आवमा बढ्न सक्ने सूचना अधिकारी पङ्गेनी बताउँछन् ।

उनले भने, “अहिले पर्यटक आगमन निकै बढी छ, यही हिसाबले पर्यटक आइराखे यस बढी आउने सम्भावना देखिएको छ, हरेक दिन आन्तरिकसँगै विदेशी पर्यटक ढोरपाटनमा आएको पाइन्छ, यसले राजस्व वृद्धि हुने छ ।”

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आव २०७७/७८ आन्तरिक पर्यटकले सय प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । शिकार आरक्षको अनुसार आव २०७६/७७ सम्म विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पछिल्लो समय प्रचारप्रसार बढी हुँदा पर्यटकको सङ्ख्या बढ्दै गएको बताए । बुर्तिबाङदेखि देउरालीसम्मको सडक निकै अप्ठ्यारो हुँदा पर्यटकले सास्ती खेप्नुपरेको भन्दै निर्माण कम्पनीले ढिला सुस्ती गरेको उनको भनाइ छ । अहिले ढोरपाटनमा पर्यटकका लागि बस्ने र खाने राम्रो व्यवस्था हुन थालेपछि घुम्न आउनेको सङ्ख्या हरेक दिन बढ्न थालेको कार्यवाहक नगरप्रमुख कायत बताउँछन् । पहिले बिहान गएर साँझ फर्ने गरे पनि अचेल धेरै जसो बास बस्ने गरि आउने गरेको उनको भनाइ छ ।

“ढोरपाटन उत्कृष्ट गन्तव्यमा पर्छ, तर अहिलेसम्म विकास हुन नसक्दा धेरै पर्यटक भित्र्याउन सकेको अवस्था थिएन, अहिले पर्यटक आगमन निकै उत्साहजनक छ, अप्ठ्यारो सडकमा पनि पर्यटक गाडी लिएर आएको पाइन्छ, अहिले ढोरपाटनमा केही सुधार भएको छ, होटल रेष्टुरेण्ट पनि बढ्दै गए, पाहुनालाई खान र बस्नको समस्या छैन”, कायतले भने , “प्रचारप्रसार पनि तीव्र हुँदा पहिलेको तुलनामा अहिले पर्यटक धेरै आएको पाएका छौँ, अझै बढ्ने अपेक्षा गरेका छौँ ।”
रासस/फाइल फोटो

वि.सं.२०८० मंसिर ३ आइतवार १०:१९ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...