back

सुरुङ मार्ग भासिने डरले उत्तराखण्ड फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध

वि.सं.२०८० मंसिर ३ आइतवार

315 

shares

देहरादुन । सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् ।

उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।

शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ रहेको पुष्टि गर्नुभएको छ । यो सङ्ख्या निर्माण कम्पनीले रिपोर्ट गरेको भन्दा एक जना बढी हो ।

सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआईडीसीएलले शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य अवरूद्ध भएको जनाएको छ ।

उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उदृत गरी सम्प्रेषित समाचारमा खाना, पानी, अक्सिजन र औषधि पनि ६ इन्च चौडा (१५ सेन्टिमिटर) पाइपमार्फत पठाइएको तर भित्र फसेकाहरू निराश भएको उल्लेख गरिएको छ ।

“हामी उनीहरूको स्वास्थ्यको बारेमा सोधपुछ गरिरहेका छौं”, उद्धार टोलीका एक सदस्य मोहम्मद रिजवानले टाइम्स अफ इन्डियासँग भने, “तर तिनीहरू सबैको एउटै मात्र प्रश्न छः ‘तपाईं हामीलाई कहिले बाहिर ल्याउनुहुन्छ ?’”
एएफपी

वि.सं.२०८० मंसिर ३ आइतवार १०:४४ मा प्रकाशित

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

मन्थली (रामेछाप) । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग...

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो...

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...