back

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

वि.सं.२०८० मंसिर ३ आइतवार

330 

shares

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।

निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए । उनले भने, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।”

लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दै छन् । “कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ ? भन्ने दर्शकले जिज्ञासा राख्नु हुन्थ्यो । त्यसैले हामीले यसलाई निरन्तरता दिने योजना अनुरुप घोषणा गरेका हौँ”, अभिनेता लामिछानेले भने ।

रोजिना सिटौलाले निर्माण गर्ने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने उनले जानकारी दिए । यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २ ः भष्मे डन’ निर्माण गरेको थियो ।

 

वि.सं.२०८० मंसिर ३ आइतवार ११:५८ मा प्रकाशित

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

  काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको...

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट (बागलुङ) । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ...