back

नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

वि.सं.२०८० मंसिर ३ आइतवार

384 

shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलले भोली मङ्सिर ४ गते सोमबारबाट एनआईसी एशिया ग्रोथ फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्दैछ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया ग्रोथ फण्ड २ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक एनआइसी एशिया बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा छिटोमा मङ्सिर ७ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा मङ्सिर १८ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि ७ वर्ष रहेको छ ।

हाल क्यापिटलले एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० फण्ड, र एनआईसी एशिया डाइनामिक डेट फण्ड योजना संचालन गरिरहेको छ । जस मध्ये एनआईसी एशिया डाइनामिक डेट फण्ड खुलामुखी योजना हो ।

वि.सं.२०८० मंसिर ३ आइतवार १२:४८ मा प्रकाशित

दोहोरो अङ्कले घट्यो नेप्से, सबैभन्दा धेरै घट्नेमा जीवन बीमा

दोहोरो अङ्कले घट्यो नेप्से, सबैभन्दा धेरै घट्नेमा जीवन बीमा

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ आजदेखि

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ आजदेखि

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आज मङ्सिर १० गतेदेखि...

नौ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

नौ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारका विभिन्न ९...

नेप्सकाे उकालो यात्रा, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

नेप्सकाे उकालो यात्रा, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दोहोरो अङ्कले बढ्यो नेप्से, एक अर्ब भन्दा बढी कारोबार

दोहोरो अङ्कले बढ्यो नेप्से, एक अर्ब भन्दा बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार...

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार माछापुच्छ्रे बैंकको बोनस...