अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को देउसी भैलो तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिकरूपमा आयोजना गर्दै आएको देउसीभैलोे कार्यक्रम यसपटक भने केही पृथकताको साथ सम्पन्न भएको छ । संस्थाको आर्थिक मजबुतीका लागि यसपाली भने र्याफलको पनि आयोजना गरिएको आयोजक संस्थाको भनाई छ ।
संस्थाका सस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरको संस्थाप्रतिको योगदानको उच्च कदर गर्दै सम्मान समेते गरिएको थियो ।
मातृभूमिको सम्मान र सम्झनास्वरूप हरेक बर्ष नेपालीहरूको महान् पर्ब तिहारको उपलक्षमा आयोजित यस कार्यक्रम तीन चरणमा सम्पपन्न गरिएको थियो । औपचारिक कार्यक्रमपछि, देउसी भैलो कार्यक्रममा बरिष्ठ कलाकारहरूको प्रस्तुति र नाचगान रहेको थियो भने अन्त्यमा र्याफलको कार्यक्रम र बिजेताहरूलाई पुरस्कार बितरण गरेर कार्यक्रम समाप्त गरिएको थियो ।
प्रथम चरणको औपचारिक कार्यक्रममा अथितिहरू छाया कम्युनिटी डेभलपमेन्टका कार्यकारी निर्देशक अनिता सिचरन, क्विनस बरो प्रेसिडेन्टका अफिसबाट इमिग्रेसन वेलकम सेन्टरका सुबारू दत्त, सामाजिक अभियन्ता इन्द्र तामाङ, आदिवासी जनजाति महासघ अमेरिका (फिपना) की महासचिब टोमा लामा, युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्यापेटरकी अध्यक्ष ममता राई लगायतले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै फिवनासँगको सहकार्यको लागि सदैब तयार रहेको मन्तब्य ब्यक्त गरे ।
सोही अवसरमा फिवनाका बर्तमान अध्यक्ष इन्दिरा चोङबाङले संस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरलार्इ सम्मान गरेकी थिइन् । मगरले शुभकामना मन्तब्य दिँदै यस अवसरका लागि सम्पूर्णमा आभार ब्यक्त गरिन् र आफु सककदैब फिवनासँगै रहेको पनि बताइन् ।
कार्यक्रमको संचालक पूर्बसभासद तथा जिरेल समाज अमेरिकाकी अध्यक्ष र फिवनाकी सक्रिय सदस्य शान्ति जिरेलले गरेकी थिइन् ।
कार्यक्रम संचालनकै क्रममा उनले फिवना यस कार्यक्रमको प्रभाब र प्रवासमा मातृभूमिको महत्वको बारेमा आफ्ना भनाई राखेकी थिइन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष मैनासेन बज्रचार्यले स्वागत गरेकी थिइन् ।
उक्त अवसरमा फिवनाको सामुहिक देउसी भैलोको प्रस्तुतिपनि रहेको थियो । महिलाहरूको भैलिनी गीत प्राथमिकता रहेको उक्त प्रस्तुतिमा सककलालक जिरेलको अगुवाइ रहेको थियो ।
सभापतिको आसनबाट बोल्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औचित्यमाथि प्रकास पार्रिन् । यो सफलता सम्पूर्ण फिवना टिमको प्रयासका कारण सम्भब भएको बताउककदै सम्पूर्ण बिभन्न सककघ यककस्थाका प्रतिनिधीहरू प्रति धन्यबाद र आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको अन्त्य भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुति, सर्टिफेकट बितरणका साथ सम्पन्न भएको थियो । बिभिन्न सामाजिक सघसंस्थामा सकृय रहेकी कलाकार तथा कलाकार संघकी बरिष्ठ उपाध्यक्ष, मिस इमिग्रेन्ट बसन्ति राईले आफ्नो कला प्रदर्शन गरेर उपस्थितहरूको आफ्नो कला पदर्शन गरेकी थिइन् । सामुहिक नाच र देउसीभैलो कार्यक्रमपछि उनिहरूको कार्यको उच्च सम्मान स्वरूप अध्यक्ष चोङबाङले कलाकार बसन्ति राइ, गायिका संगिता मुखियालाई प्रसंसापत्र प्रदान गरिन् । साथै सकृय सदस्य मैया तामाङको संस्थाप्रतिको योगदानको कदर अध्यक्षबाट आजीवन सदस्यता प्रदान गरिएको थियो ।
तेस्रो चरणको र्याफलको कार्यक्रमका संयोजनकारी भूमिका उपाघ्यक्ष मैनासेन बज्रचार्यबाट भएको थियो । सोही अवसरमा प्रथम पुरस्कारका बिजेता लक्ष्मण तामाङले आइफोन १५ र दोस्रो पुरस्कारका बिजेता हेल्लो कार्यक्रमका सम्राट कार्कीले सुनको सिक्री हात पार्न सफल भएका थिए भने तेस्रो पुरस्कार अनु गुरुङले दुइसय डलरका गिफ्ट कार्ड हात पार्न सफल भएकी थिइन् ।
अन्तिम चरणको यस कार्यक्रमको मुख्य आकर्षक दोस्रो पुरस्कारका बिजेता सम्राट कार्कीले फिवनालाई देखाएको सद्भावनाको थियो । बिजेताले फिवनालाई नै यसको प्रगतिको कामना गर्दै उक्त सुनको सिक्री डोनेसन दिएपछिको वाताबरण केहीक्षण हर्ष र उल्लासताका साथ उनलाई धन्यबाद ज्ञापन गरिएको थियो ।
वि.सं.२०८० मंसिर ३ आइतवार १४:०४ मा प्रकाशित