back

सुरुङमा फसेका कामदार मुक्त गर्न नयाँ सुरुङ बनाउने विचारमा भारत

वि.सं.२०८० मंसिर ३ आइतवार

258 

shares

देहरादुन । भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ ।

एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ । अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो ।

सरकारको राजमार्ग तथा पूर्वाधार निर्माण कम्पनी एनएचआइडिसिएलले भग्नावेश अझै खस्ने सम्भावनाका कारण उद्धार कार्य रोकिएको थियो ।

सुरुङमा फसेकाहरूसँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तहरूका अनुसार अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन् । “उनीहरू रोइरहेका छन्, उनीहरूलाई बचाउनका लागि भइरहेका उद्धार प्रयासबारे हामीले झुट बोलिरहेको हो कि भनेर सोध्न थालेका छन्”, आफ्नो नाम उल्लेख नगरी एक आफन्तले शनिबार पत्रकारहरूलाई भने ।

इन्जिनियहरूले भग्नावेशको माध्यमबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा चलाउने प्रयास गरिरहेका छन् । उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेका छन् ।

“हामीले कामदारहरूलाई बचाउन सबै विकल्प खोजिरहेका छौँ, हामीसँग स्रोत, विकल्प र विधिको कुनै कमी छैन”, उनले भने ।
एएफपी

वि.सं.२०८० मंसिर ३ आइतवार १४:१५ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा...

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...