back

जुत्तामा आचार्य राखिएको भन्दै आचार्य समाजद्वारा कारबाहीको माग

वि.सं.२०८० मंसिर ३ आइतवार

2.4K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । जुत्तामा आचार्य राखिएको भन्दै आचार्य समाजले आपत्ति जनाएको छ ।

आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिको संयोजनमा काठमाडौंको मध्यबानेश्वरमा बसेको बैठकले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोमा कारबाहीका लागि निबेदन दिने निर्णय गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा भाईरल हुनेगरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरुको मानमर्दन हुनेगरी पत्ता लगाई तत्काल जुत्तामा राखिएको आचार्यहरुको थर हटाउन भूमिका खेल्न र थरकै अपमान हुनेगरी राखिएको हुँदा कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग गर्ने निर्णय भएको बताइएको छ ।

समाजका महासचिव शुभनराज आचार्य, कौडिन्य गोत्रीय महासमाजका बागमती प्रदेश अध्यक्ष एबम् आचार्य बन्धु समाज नेपालका पुर्व केन्द्रीय सदस्य प्रा डा गोबिन्द आचार्य, केन्द्रीय सदस्यहरु मनोज आचार्य, एकराज आचार्य, पुर्व केन्द्रीय सदस्य रामराजा आचार्य, अधिवक्ता मुक्ती आचार्यलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रकृया अपनाउने भन्दै प्रहरीले नै उक्त कम्पनीको गलत कार्यको बिरुद्धका अगाडी बढ्न सक्ने हुँदा तत्कालका लागि प्रहरीमा निबेदन दिनु उपयुक्त हुने निर्णय गरेको महासचिव शुभनराज आचार्यले बताए ।

लब्ध प्रतिष्ठित आचार्यहरुबीचमा सर्बोच्च अदालतमा क्षतिपूर्ति मागदाब्ीसहित निबेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्नेलगायतका बिषयहरु उठेकोे बताइएको छ ।

आईतबार वा सोमबार कार्यालय समयमा प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोमा निबेदन दिने र उक्त निबेदन तयार गर्न अधिवक्ता मुक्ती आचार्यलाई जिम्मा दिने निर्णय आचार्य बन्धु समाज नेपालले गरेको छ ।

बैठकमा सहभागी आचार्यहरुले आक्रोश व्यक्त गर्दै उक्त जुत्तामा आचार्य थरको अपमान हुनेगरी नाम राखिएकोमा कम्पनीको आलोचना गरेका थिए ।

छलफलकै क्रममा आचार्यको नाममा टिसर्टसमेत प्रिन्ट गरिएको भेटिएको छ । यसअघि बुद्धको बिषयमा यस्तै प्रकारको बिबाद भएको थियो ।

 

वि.सं.२०८० मंसिर ३ आइतवार १५:२१ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...