Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

पाँच हजारलाई रोजगारी दिइने



१५ वैशाख,काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै राजनीतिक दलले दिगो आर्थिक विकासको कार्यसूची बनाउनुपर्ने बताउनुभएको छ ।

माउन्ट एभरेस्ट ग्रुप प्रालिको ट्राभल एन्ड टुरको आज साँझ शुभारम्भ गर्दै उहाँले नेपालमा लगानीका लागि राम्रो वातावरण बन्दै गएको पनि बताउनुभयो ।

सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा रोजगारीको अवस्था सिर्जना र लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजक संस्थाका अध्यक्ष कमलराज अधिकारीले गैरआवासीय नेपालीले त्यहाँ सिकेको सीप, कला तथा आर्जन गरेको पैसा स्वदेशमा लगाउने उद्देश्यले संस्था स्थापना गरिएको जानकारी दिनुभयो ।

विसं २०८२ तिर पाँच हजार जनालाई रोजगारी दिने लक्ष्य राखिएको संस्थाका नेपाल प्रतिनिधि युवराज पराजुलीले जानकारी दिनुभयो । बयालिस देशमा रहेका गैरआवासीय नेपालीको उक्त संस्थामा लगानी रहने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको