Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

ट्र्याक्टरले थिच्दा मृत्यु



१५ वैशाख,सिन्धुली  । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको शान्तिनगर चोकमा आज साँझ ट्र्याक्टरले थिच्दा सिन्धुली कमलामाई नगरपालिका–८ करकरेका वीरबहादुर विकको घटनास्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । माझीटारबाट सिन्धुली, ढुङ्ग्रेबासतर्फ जाँदै गरेको ना ३ त ४०९९ नंको ट्र्याक्टरले यात्रुवाहक बस कुरेर बसिरहेका विकलाई ठक्कर दिएको थियो । दुर्घटनामा रामेछाप, कठाजोरका कृष्णबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

रातमाटाबाट बजारतर्फ जाँदै गरेको ज ९ प ६०३६ नंको मोटरसाइकललाई पनि सोही ट्र्याक्टरले ठक्कर दिँदा सिन्धुली, गोलञ्जोर गाउँपालिका–१ डुँडभन्ज्यााङका उज्ज्वलप्रसाद न्यौपाने घाइते हुनुभएको छ । न्यौपानेलाई सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै पठाइएको सिन्धुली अस्पतालले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्