back

बस दुर्घटना हुँदा एकको मृत्यु, ३६ घाइते

वि.सं.२०८० मंसिर ४ सोमवार

384 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

मङ्गलबारे (इलाम) । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आइतवार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार धानुषाधाम नगरपालिका–९ धारापानीका २० वर्षीया गणेशकुमारी मोक्तानको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनामा परी घाइते सोही ठाउँ बस्ने ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरिका लामा र ९ वर्षीया रिजा लामाको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ ।

घाइते हुने अन्यमा ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिसा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीया सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीय सिद्धार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चान, १२ वर्षीया बिबिसा मोक्तान, १५ वर्षीया रोजिना तामाङ र २८ वर्षीया कल्पनाकुमारी लामा रहेकी छन् । त्यसैगरी ३१ वर्षीया शान्ता पाख्रिन, १८ वर्षीया सन्ध्या मोक्तान, ४० वर्षीया तुल्मा लामा, ३५ वर्षीया मनवती लामा, ३० वर्षीया ज्ञानु लामा, १८ वर्षीया प्रतीक्षा लामा, ४५ वर्षीया लालकुमारी रहेकी छन् ।

साथै १५ वर्षीय करण मोक्तान, १६ वर्षीया कुसुम घिसिङ र ६० वर्षीया शान्तामाया तामाङ, ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जीव तामाङ, १८ वर्षीया रेणु घिसिङ र १६ वर्षीया समीक्षा लामा पनि दुर्घटनामा परी घाइते भएकी छन् ।

घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।

वि.सं.२०८० मंसिर ४ सोमवार ०७:०५ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...