back

जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ को अवस्था गम्भीर

वि.सं.२०८० मंसिर ४ सोमवार

342 

shares

काठमाडौं । रुकुम-पश्चिममा आज बिहान लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुकुम-पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक जिप सडकबाट खसेको हो । जिप खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमका अनुसार सदरमुकाम जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परी २२ जना घाइते भएको जानकारी दिए । प्रहरीका अनुसार ७ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई चौरजहारी अस्पताल लगिएको प्रहरीले जनाएको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

 

वि.सं.२०८० मंसिर ४ सोमवार ११:०३ मा प्रकाशित

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले...

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

कञ्चनपुर । छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात...

आइतबारदेखि मौसम बदली, चिसो बढ्न थाल्यो

आइतबारदेखि मौसम बदली, चिसो बढ्न थाल्यो

बाजुरा । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको...

खेतमा पानीको अभाव भएपछि एक हजार किसान आफैँ जुटे नहर सफा गर्न

खेतमा पानीको अभाव भएपछि एक हजार किसान आफैँ जुटे नहर सफा गर्न

टीकापुर । कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो...

चार महिनादेखि भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात ठप्प

चार महिनादेखि भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात ठप्प

गोदावरी (कैलाली) । कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात...