back

हिमालयन रिको आईपीओ प्रिमियममा बिक्री खुला

वि.सं.२०८० मंसिर ४ सोमवार

294 

shares

 

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारी गरेको थियो । तर, निष्काशन अवधिमा तिहारको लामो सार्वजनिक बिदा परेका कारण लगानीकर्ताहरुको सहजीकरण लागि आवेदन दिने समय सारेको थियो ।

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता, कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषलाई १५ लाख कित्ता सेयर बिक्री गरेको हो ।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता आवेदन दिन मिल्ने भएकाले लगानीकर्ताले उक्त सेयर खरिद गर्न २ हजार ६० रुपैयाँ लाग्ने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

 

वि.सं.२०८० मंसिर ४ सोमवार ११:३८ मा प्रकाशित

विमा प्राधिकरणले गर्यो कर्णाली प्रदेश सरकारसँग अन्तरक्रिया कार्यक्रम

विमा प्राधिकरणले गर्यो कर्णाली प्रदेश सरकारसँग अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा...

आइएमई लाइफ इन्स्योरेन्स चौंथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित

आइएमई लाइफ इन्स्योरेन्स चौंथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । आइएमई लाइफ चौंथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३...

नेपाल लाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल लाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ...

जीवन बीमा कम्पनीहरुको आम्दानी बढ्यो, कसको कति ?

जीवन बीमा कम्पनीहरुको आम्दानी बढ्यो, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुको...

नेपाल लाइफद्वारा जाजरकोट भुकम्प पिडित जनतालाइ राहत सामाग्री वितरण

नेपाल लाइफद्वारा जाजरकोट भुकम्प पिडित जनतालाइ राहत सामाग्री वितरण

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नेपाल लाइफको नाफामा वृद्धि

नेपाल लाइफको नाफामा वृद्धि

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले...