back

सिप्रदीद्वारा जाजरकोट भूकम्प पीडितलाई  ५५ लाख बराबरको राहत सामग्री प्रदान

वि.सं.२०८० मंसिर ४ सोमवार

807 

shares

 

काठमाडौं । सिप्रदीले जाजरकोट र रूकुमपश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्था, टाटाट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त पहलमा यही कार्तिक २६ गते प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू ५५ लाख बराबरको राहत सामग्री प्रदान गरेको हो ।

तिहारमा लक्ष्मी पुजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका अन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्पपिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालका अनुसार भूकम्पका कारणआफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्थापन भएका पीडितहरुलाई सिप्रदीयन सहायता संस्था,टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्तप्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरिएको हो ।

अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरिएको र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग गर्ने उपाध्यक्ष दाहालले प्रतिबद्धता जनाए ।

रुकुम आठविसकोटका नगर प्रमुख रबि केसीले जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भुकम्पप्रभावित यस नगरपालिकाजनताको लागिसिप्रदी सहायता संस्थाले गरेको खाधान्न, जिन्सी र औषधिलगायतका सामग्रीको सहयोग प्रति आभार व्यक्त गरेका छन् । उनले यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहत मिलेको बताए ।

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु पछि सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनःर्निमार्ण गरी हस्तान्तरण गरेको थियो ।

 

वि.सं.२०८० मंसिर ४ सोमवार १२:१५ मा प्रकाशित

चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि

चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि

इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान...

बैंकभन्दा बचतपत्रमा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण न्युन

बैंकभन्दा बचतपत्रमा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण न्युन

काठमाडौं । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् ।...

बङ्गुरमा ‘स्वाइन फिभर’को सङ्क्रमण बढ्दै

बङ्गुरमा ‘स्वाइन फिभर’को सङ्क्रमण बढ्दै

ललितपुर । यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमण देखिएपछि...

‘योजना बैंक’ स्थापना गर्दै बागमती

‘योजना बैंक’ स्थापना गर्दै बागमती

त्रिशूली (नुवाकोट) । बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने...

सेती जलविद्युत् आयोजनाले सुरु गर्यो व्यापारिक उत्पादन

सेती जलविद्युत् आयोजनाले सुरु गर्यो व्यापारिक उत्पादन

कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन...

प्यान अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह

प्यान अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह

काठमाडौँ । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया...