back

जीप दुर्घटना अपडेट : गम्भीर घाइते मध्ये दुईको मृत्यु

वि.सं.२०८० मंसिर ४ सोमवार

348 

shares

त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घनामा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी-८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ को अवस्था गम्भीर

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४२ मा प्रकाशित

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले...

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

कञ्चनपुर । छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात...

आइतबारदेखि मौसम बदली, चिसो बढ्न थाल्यो

आइतबारदेखि मौसम बदली, चिसो बढ्न थाल्यो

बाजुरा । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको...

खेतमा पानीको अभाव भएपछि एक हजार किसान आफैँ जुटे नहर सफा गर्न

खेतमा पानीको अभाव भएपछि एक हजार किसान आफैँ जुटे नहर सफा गर्न

टीकापुर । कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो...

चार महिनादेखि भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात ठप्प

चार महिनादेखि भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात ठप्प

गोदावरी (कैलाली) । कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात...