Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

कालिकामा एमालेले गर्यो घरदैलो कार्यक्रम



ghardailo-programme-of-uml--in-kalika-wada

१५ बैशाख, खोलेसिमल, चितवन। नेकपा एमाले कालिकानगर कमिटीले यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी घरदैलो, कोणसभा तथा मोटरसाईकल ¥याली गरेको छ । पूर्वी चितवनको व्यापारिक केन्द्र खोलेसिमल बजारमा एमालेले कोणसभाको कार्यक्रम गरेको थियो । सो कोणसभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका शिक्षक संगठनका जिल्ला सदस्य तथा बुद्धिजीवि संगठनका जिल्ला सदस्य नन्दलाल लामिछाने सहित रामप्रसाद पनेरु र सनबहादुर गुरुङ्ग नेकपा एमालेमा प्रवेश गरेका थिए ।

सो कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष एवम् कालिका नगरपालिकाका मेयरका उम्मेदवार गोपी श्रेष्ठले कालिका नगरपालिकालाई समृद्ध र चितवनकै नमुना नगर बनाउन गुरुयोजनाका साथ नेकपा एमाले अगाडि बढेको बताए । खोलेसिमल बजारलाई नगरकै मुख्य व्यापारिक र व्यवस्थितबजार बनाउने, नगरमा व्यवस्थित खानेपानी, सडक, विभिन्न जातजाती र धर्मसंग सम्वद्ध संस्कृतिजगेर्ना गर्न एमाले प्रतिबद्ध रहेको बताए । रेडक्रस बस्ती, सुन्दरबस्ती लगायतका ऐलानी जमिनमा बसोबास गर्ने नगरवासीलाई १ वर्ष भित्र जग्गाधनी पूर्जा उपलब्ध गराउने समेत उनले बताए ।

कार्यक्रममा उपमेयरका उम्मेदवार कमला भट्टराईले एमाले सरकारले शुरु गरेको वृद्ध भत्तालाई ५ हजार पु¥याउने र वृद्ध भत्ता वितरणमा थप सहजता बनाउने समेत उनले बताईन् । यस नगरलाई व्यवस्थित, सुन्दर र समृद्ध नगर बनाउने योजना एमालेसंग मात्र भएकाले एमाले उम्मेदवारहरुलाई यस निर्वाचनमा विजयी गराउन उनले अनुरोध गरिन् । कार्यक्रममा वडा नं. ६ का अध्यक्षका उम्मेदवार बिनोद रेग्मी, वडा कमिटीका संयोजक होम बहादुर गुरुङ्ग लगायतले मन्तव्यव्यक्त गरेका थिए ।

साथै निर्वाचित लक्षित कार्यक्रम अन्तर्गत आज कालिका वडा नं. ६ को गुराउचौर, सिमलघारी, बेलचौर, पृथ्वीचोक, झब्दीटोल, कुमालटोल, मुनलाईट चोकसम्म वडा अध्यक्ष उम्मेदवार बिनोद रेग्मी सहितका टोलीले घरदैलो गरेको थियो । त्यस्तै वडा नं. ७ मा वडा अध्यक्षका उम्मेदवार डिल्लीराम दवाडी सहितको टोलीले मोटरसाईकल ¥याली गरेको थियो । ¥याली लाहुरे चोक, स्याउलीबजार, तिवारीचोक, जुटपानीबजार, पृथ्वीचोक, खोलेसिमलहुँदै क्लवचोकमापुगेर कोणसभामा परिणतभएको थियो ।

त्यस्तै कालिका वडा नं. १ लंका लाईनमा वडा अध्यक्ष उम्मेदवार राजु राई सहितको टोलीले घरदैलो गरेको थियो । वडा नं. २ पदमपुरमा वडा अध्यक्षका उम्मेदवार सोम बहादुर गुरुङ्ग, वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार टिकाराज रिजाल, वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार आशाराम महतो र वडा नं. ५ का उम्मेदवार रुदल महतो सहितका एमाले कार्यकर्ताहरुले आ–आफ्नो वडामा मतदातासंग भेटघाट एवम् घरदैलो गरेका थिए ।

निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत कालिका वडा नं. ८ शक्तिखोरमा वडा अध्यक्षका उम्मेदवार इम प्रसाद अधिकारी, वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार लेख बहादुर थापा, वडा नं. १० सिद्धिका वडा अध्यक्षका उम्मेदवार मंगल सिं प्रजा र वडा नं. ११ सिद्धिका वडा अध्यक्षका उम्मेदवार दामाराम प्रजा सहितको एमाले कार्यकर्ताको टोलीले घरदैलो गरी आ–आफ्नो वडाका मतदातालाई भेटघाट गरेको नेकपा एमाले कालिकानगर कमिटीका कार्यालय सचिव लक्ष्मीनारायण चौलागाईले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्