Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने



१५ वैशाख,काठमाडौँ  । सबै बालबालिकाले समान र समतामूलक शिक्षा पाउनुपर्ने आवाजसहित आज शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको संयोजनमा राजधानीमा शान्तिपूर्ण बृहत् शैक्षिक पदयात्रा आयोजित भएको छ ।

विगत वर्ष झैँ यस वर्ष पनि नेपालमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहअन्तर्गत शिक्षामा कार्यरत विभिन्न संस्थाको सहभागितामा भएको पदयात्रामा सहभागीले संविधानको मौलिक हकमा रहेको माविसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि केन्द्र, प्रदेश वा स्थानीय सरकारले कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने र शिक्षामा सुशासन कायम हुनुपर्ने सन्देशका तुल र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो कार्यसप्ताहलाई यस वर्ष दिगो विकासको लक्ष्य नं ४ मा रहेका शिक्षामा जवाफदेही बनाउने र नागरिक सहभागिता भन्ने मूल भावका साथ देशभर प्रदर्शन गरिएको एनसिइन नेपालका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका महासचिव तिलक कुँवर, अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी, सामुदायिक विद्यालय राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापा, दिदीबहिनी संस्थाका संस्थापक अध्यक्ष सलोनी सिंह, शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष प्रकाश सिलवाललगायतले अभियानको मागमा ऐक्यबद्धता जनाउनुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्