Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रद्वारा कैलालीमा उम्मेदवारको छनौट



कैलाली, १५ वैशाख । नेकपा माओवादी केन्द्र कैलालीले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवारको टुङ्गो लगाएको छ ।

केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनौट गरेको छ ।

टीकापुर नगरपालिकाको प्रमुखमा ललित थापाको उम्मेदवारी घोषणा भए पनि उपप्रमुखमा भने टुङ्गो लगाउन बाँकी रहेको केन्द्रले जानकारी दिएको छ ।

लम्कीचुहा नगरपालिकामा प्रमुखमा दलबहादुर विष्ट र उपप्रमुखमा धनादेवी चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्टलाई, उपप्रमुखमा शोभा नेपाली, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर चौधरीेलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखकोे टुङ्गो लागिनसकेको माओवादी केन्द्रले जनाएको छ ।

यसैगरी गौरीगङ्गा नगरपालिकाको प्रमुखमा देविदत्त कँडेल, उपप्रमुखमा करुणा चौधरी, घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा लक्ष्मण चौधरी र दुर्गा चलाउने, चुरे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः किसन सिंह साउद र डिलादेवी सिजापतिलाई अगाडि सारेको छ ।

वर्दगोरिया गाउँपालिकाको अध्यक्षमा गणेश गिरी र उपाध्यक्षमा भगवती चौधरी, मोहन्याल गाउँपालिकामा धर्मबहादुर थापा र जानकारी भण्डारी,कैलारी गाउँपालिकामा लाजुराम चौधरी र लक्ष्मी चौधरीलाई क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको केन्द्रले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

युके । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्