back

स्याङ्जाका किसानले उत्पादन गरेको आलु अब कम्पनीले सिधै खरिद गर्ने

वि.सं.२०८० मंसिर ८ शुक्रवार

3.2K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

वालिङ, स्याङ्जा । स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।

स्याङ्जामा पहिलोपटक यो कार्यक्रम लागू भएकाले अहिले किसान खेतमा आलु लगाउन ब्यस्त छन् । “यसपटक जिल्लाका विभिन्न आठ पालिकाका २८ समूह सहकारीमार्फत एक हजार सात सय रोपनी क्षेत्रफलमा आलु लगाउँदै हुनुहुन्छ”, उनले भने, “ नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०बाट प्रमाणित भएका खुमल उज्जल, खुमल विकास, जनकदेव जातको आलु लगाउने काम भइरहेको छ ।”

छनोट भएका २८ समूह सहकारीलाई कार्यालयले बीउ खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने उनले बताए । यन्त्र उपकरण खरिदका ५० देखि ७५ प्रतिशत तथा सङ्कलन केन्द्र, प्रशोधन कक्ष, सिँचाइलगायतका पूर्वाधार निर्माणका लागि ८५ प्रतिशतसम्म किसानले अनुदान पाउने छन् । “समूह सहकारीमार्फत उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्ने सम्झौता भएको छ”, उनले भने “यहाँ उत्पादन भएको आलुको सहज बजारीकरण हुने भएको छ ।”

किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी रु दुई प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने उनले बताउए । आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले बताए ।
आलु लगाउनुपूर्व नै बजारको सुनिश्चितता भएपछि अहिले समूह सहकारीहरू आलुखेतीको विस्तारमा लागेको उहाँले बताउनुभयो । “गण्डकी प्रदेश सरकारले अगाडि सारेको यो कार्यक्रमले उत्पादन, प्रशोधन र बजारलाई जोड्ने मुख्य उद्देश्य रहेको छ”, उनले भने “आगामी वर्षमा यसले थप व्यावसायिक उत्पादन र क्षेत्र विस्तारमा सहयोग पुग्ने देखिन्छ ।”

खुमल उज्जल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनियामा रहेको फस्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौता भएको कम्पनीका आलु बाली विशेषज्ञ श्याम ढकालले बताए । यस वर्ष कम्पनीले आलुबाट फ्रेन्च फ्राइ, चिप्स उत्पादन गर्ने तयारी गरिरहेको र त्यसका लागि खुमल जातका आलु उपयुक्त हुन उनले बताए । “अर्को वर्ष आलुका नयाँ–नयाँ परिकार बनाउने तयारी गरिरहेका छौँ” उनले भने ।

स्याङ्जाका ११ पालिकामध्ये आठ पालिकाका २८ समूह सहकारी यस अभियानमा जोडिएका छन् । आलु उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिएको भिरकोट नगरपालिका–५ को पकानमा रहेको पकान आइपिएम कृषक समूहमा आबद्ध ३२ जनालाई अहिले सम्झौतानुसार आलु लगाउन भ्याइनभ्याई छ । सम्झौता भई कार्यक्रम लागू भएका स्थानमा अहिले किसान खेतमै व्यस्त देखिन्छन् । बजारको सुनिश्चितता पहिले नै भएकाले अहिले किसान आलु लगाउन निकै उत्साहित र सक्रिय भई लागेका समूहका अध्यक्ष शिवप्रकाश अर्यालले बताए ।रासस

 

वि.सं.२०८० मंसिर ८ शुक्रवार १२:५० मा प्रकाशित

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर (म्याग्दी) । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग...

पालिकाद्वारा हिउँद र वर्षा दुवै मौसममा कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’

पालिकाद्वारा हिउँद र वर्षा दुवै मौसममा कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा...

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

चार कठ्ठा जग्गामा तरकारी खेतीबाट मनाग्य आम्दानी गर्दै दलबहादुर

कञ्चनपुर । बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती...

डोटीमा विस्तार हुँदै चैते धानखेती, अरू धानको भातभन्दा स्वादिलो

डोटीमा विस्तार हुँदै चैते धानखेती, अरू धानको भातभन्दा स्वादिलो

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते...

मलेसियाबाट फर्किएर माछापालनमा लागेका भलाकाजीले मासिक डेढ लाख बचत गर्छन्

मलेसियाबाट फर्किएर माछापालनमा लागेका भलाकाजीले मासिक डेढ लाख बचत गर्छन्

सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको...

प्राङ्गारिक कृषि वस्तुको माग बढेपछि उत्पादन बढाउन जोड

प्राङ्गारिक कृषि वस्तुको माग बढेपछि उत्पादन बढाउन जोड

लुम्बिनी । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि...