back

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

वि.सं.२०८० मंसिर ९ शनिवार

1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो ।

“ चलचित्र प्रेम–कथानक भए पनि अघिल्ला भन्दा फरक छ । प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ । यसमा प्रेम कथासँगै अन्य विषय पनि समावेश गरिएको छ”, अभिनेता केसीले भने ।

निर्देशक सुयोग गुरुङले अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने जानकारी दिए । उनले भने, “युवापुस्ताले खोजिरहेको विषयमा उहाँहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु । यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ ।”

चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नेछन् ।

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछभने किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठले सम्पादन गर्नेछन् । चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए । रासस

वि.सं.२०८० मंसिर ९ शनिवार ०७:५८ मा प्रकाशित

नायिका रेखा थापालाई पुत्री लाभ

नायिका रेखा थापालाई पुत्री लाभ

काठमाडौ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ ।...

मगर तथा गुरुङ समाज झल्काउने ‘मायाको झल्को’ सार्वजानिक ( भिडियोसहित )

मगर तथा गुरुङ समाज झल्काउने ‘मायाको झल्को’ सार्वजानिक ( भिडियोसहित )

काठमाडौं । गायक मनोज थापा मगर र गायिका तारा श्रीस...

विकरालकाे ‘यादको  मूर्च्छना’ विमोचन

विकरालकाे ‘यादको मूर्च्छना’ विमोचन

काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना ’को विमोचन...

निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ

निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ

काठमाडौँ । दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज...

अगम विकरालको ‘यादको मूच्र्छना’ को विमोचन

अगम विकरालको ‘यादको मूच्र्छना’ को विमोचन

काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूच्र्छना’ को विमोचन...

फेरी पनि दयाहाङको दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

फेरी पनि दयाहाङको दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

काठमाडौँ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको...