back

कविता : आगोको बाटो

वि.सं.२०८० मंसिर ९ शनिवार

1.1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

निरूविन्दु,जल्ढक्का कालेबुङ्
पड्ड बड्ड भारत

बेरोजगारीको बाघहरू पसेको छ यसबेला
गाउँमा अनि सहरमा,
औ देशको हरेक गल्ली – गोरेटोहरूमा

प्रगतिका गौंथलीहरू उडिसकेका छन्
अनि अल्पिसकेका छन्
संस्कार –संस्कृतिका एकहुल भँगेराहरू

त्रसित् माहौल बनेको छ यतिखेर जताततै !

रगरगी हिँड्छ बाघ, भालू र स्याल
डिग्रीधारी,
अनि पौरखीहरूको मानसपटमा

तर्सिबस्छ,
डराईबस्छ
मस्त निन्द्रामा पनि ऐंठन परिबस्छ देश !

बाघ पस्यो, बाध पस्यो भन्दै–
घोक्रो सुकिन्जेल डाँडामा उभेर कराएकै हुन रे
अग्रज बुडा – पाकाहरूले

उठ !
जेठो, माईलो, साँइलो, काँइलो
अन्तरे, मन्तरे, जन्तरे, कान्छो
उठ !
खोई, हाम्रो आफ्नो घर – घडेरी र आँगन ?

आउ ! लडौं एउटा लँडाई
अस्तित्वको, सिमा साँध र जातित्वको भन्दै
गाथाहरू सुनाएकै हुन् रे माटोको

भाषा र साहित्यको संरक्षण गरौं
बचाई राखौं हाम्रो गरिमामय भेष – भूषा
भनेर पटक – पटक जनाएका हुन्
तर,
कसैले टेरपुच्छर लगाएको भए त मर्नु होला
हो,
त्यसैले त पसेको हो जन्तुहरू
सिमाना नाघेर
शुन्यताहरूको भीडभित्र

बिडम्बना !

आज साँच्चै पसेको छ हिंस्रक जनावरहरू
महँगाईहरूको स्यालहरू
र पसेको छ संघर्षका कैयौं गिद्धहरू

शान्तमय, रमणीय बस्तीभित्र !

शिक्षित जमातहरू लखेटिन्दैछ एक – एक गर्दै
घर बाहिर
गाउँ बाहिर
मुलुक बाहिर

उद्ध्याउँदैछ समयले आफ्नो धारिलो दाँत
कर्णधारहरूका भविश्य चबाउँन
र शिक्षित् वर्गका सोंचहरू टुक्र्याउन

परिवर्तन ल्याउन निस्केका हुन्
लट्टे दाई, आईती माया अनि भूतपूर्व सैनिकहरू
हात – हातमा रंगी – विरंगी झण्डा बोकेर
प्रत्येक जुलुस
औ, प्रत्येक सभाहरूमा

कलङ्कित भाव अनि रित्तो भाईचारा छ
अहिले,
छिमेकी – छिमेकीको बीचमा
आफन्त – आफन्त माझमा

मानौं हराईसकेको छ घाम, जुन, तारा
अनि शिर माथिको आकास
खोसिएको छ हावा, पानी, अम्लजन
अनि पाइला मुनिको जमिन

हैट्
गाऊँलाई, सहरलाई सग्ला – सग्लै निल्छु भनेर
फूर्ति लगाई बस्छ
यो बेरोजगारी !

औ,हामी आगोको बाटोमा हिँडिरहेका छौं ।

 

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:२६ मा प्रकाशित

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : पुनः डस्न तयारथ्यो

कविता : पुनः डस्न तयारथ्यो

दुर्गाप्रसाद सिग्देल,बिर्तामोड स्नान गर्न भनी साधु जादैथे नदीका तट त्यो...

कविता : मुटुमा छाम्छु तिमीलाई

कविता : मुटुमा छाम्छु तिमीलाई

समीप बैरागी,रोल्पा आशाको डालीमा जिन्दगीको रंगिन फूल फूलाउन हिँडिरहेछु संघर्षको...

चारु

चारु

दुर्गा क्षेत्री,सुनवल, नवलपरासी त्यो नजरमा मेरो नजर मिलाउँदा मजा हुन्छ...

गजल

गजल

अनुराग अरुण, ललितपुर मेरो बेस्सरी याद आए के गर्छौ नयन...

मुक्तक

मुक्तक

भूपाल अधिकारी, बिराटनगर १. भन्छु घट्घटी पिऊँ पच्दैन् तागतिला कुरा...