back

लघुकथा : बिजुली

वि.सं.२०८० मंसिर ९ शनिवार

525 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

डा. विदुर चालिसे, काठमाडौं

‘हैरानीको पराकाष्ठा !’

गुप्तबहादुर सरासर ट्राफिक प्रमुखको कोठामा पुग्यो । उसले हात हल्लाउँदै भन्यो ।

‘सर, आज चार दिन भयो । कार्यालयमा धाएको कहिले सिष्टम छैन भन्छन्, कहिले सिष्टमले देखाएन भन्छन्, कहिले एकछिन भन्छन्, खास गर्न खोजको के हो ?’

गुप्तबहादुरको कुरा सुनेको नसुन्यै गरेर प्रमुखले आँङ तन्काए । एकछिन पछि पुलुक्क गुप्तबहादुरको अनुहारतिर हेरेर भने ।
‘तपाईं पल्लो कोठामा गएर भन्नुस ।’

‘हैन सर ! म पल्लो कोठाबाट नै यता आएको ।’

प्रमुख घोसे मुण्टो लगाएर मोवाइलमा निकै झुण्डिरहे । उनको रवाफी स्वर थियो । कुरा बुझिदैंन थियो । पाल्सी कुरा नि गर्थे । गुप्तबहादुरलाई निकै झोक चलिरहेको थियो । मुर्मुरिंदै उनले फेरि भने ।

‘सर ! म लाइसेन्स लिन आएको चार दिन भयो । के नमिलेर लाइसेन्स नदिएको हो मेरो ?’

प्रमुखको कार्यकक्षमा भीड लाग्दै थियो । मुखैभरि जवाफ दिंदै प्रमुख उफ्रिए ।

‘ट्राफिक नियम मिच्नजस्तो सजिलो हुँदैन नि यहाँ !’

गुप्तबहादुर रातोपिरो भयो । गलत कार्यको सँजाय लाइसेन्स समातेर मात्रै भएन । ट्रयाफिक नियमको भित्तामा लेखिएको एक एक अक्षर घोक्न थाले । गुप्तबहादुरलाई हतार र हैरानीले चिटचिट पसिना आयो । तालुदेखि पैतालासम्म पसिनाले लफ्रक्क भए । मनमा तनाव र टेन्सनको मानस उतारचढावले खुट्टा लुगलुग काम्न थाल्यो । यत्तिकैमा पल्लो कोठाबाट कन्स्टेवल चिच्याउँदै आए ।
‘सर विजुली आयो !’

प्रमुखले भीडको हल्ला खल्लाको बिच आफ्नो पकेटबाट एक कागजको चिर्कटो दिएर भने ।

‘यो हिजो रातीको विजुलीको बिल !’

कन्स्टेवल लाइसेन्स डेक्समा सरासर गएर रातको बिजुलीको बिल पल्टाएर लाइसेन्समा स्टिकर टास्दै भने ।
‘बिजुली त आँखै तिरिमिरी हुनेरैछ ।’

गुप्तबहादुर मनमनै गनगनाउन थाल्यो ।

‘यहाँ पनि नियम नै छैन र छ !’

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:२९ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...