back

कविता : चक्रपाणि चालिसे

वि.सं.२०८० मंसिर ९ शनिवार

1.2K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

दीनानाथ पोख्रेल, इलाम

चक्रपाणि कविका कविताको ।
हुन्न वर्णन सबै सरिताको ।।
दिव्य स्वर्णिम कला कविगाथा ।
उठ्छ शैलशिरझैँ निज गाथा ।।०१।।

राष्ट्रभक्ति पथमा पद चाल्न ।
कृत्य कर्म युगका क्रम थाल्न ।।
चक्रपाणिकविता पढ छानी ।
भाग्छ आलस स्वयम् डर मानी ।।०२।।

सौम्यता सरलता खुद खुल्छ ।
चेतमा सबलता रस घुल्छ ।।
शक्ति मिल्छ गुणको पथ खोज्न ।
चेत सक्छ हितको रस रोज्न ।।०३।।

खेल्दथे कति जुवा सब हेरी ।
भन्दथे गजबले मुख फेरि ।।
दुष्ट खेल छ जुवा जन जानून् ।
हार्छ जित्छ जनजीवन मानून् ।।०४।।

चेतमा असल भाव उमार्न।
दर्दताप दिल कष्ट पछार्न।।
लोथ कायरपना पर फाल्न ।
चक्रपाणि म पढूँ बल हाल्न ।।०५।।

चिन्न याम कृत टिप्न जुटेर।
गर्न सक्छु हितकर्म उठेर ।।
चक्रतुल्य कृति छन् हित काव्य ।
चालिसे मृदुकला रस श्राव्य ।।०६।।

योग्य कर्मपथ बढ्न हितार्थ ।
वाग्विदग्ध मुख पार्न समर्थ ।।
चालिसे कृति पढौँ मन लाई ।
सौम्य भाव म भरूँ सुखदायी ।।०७।।

छन्द: स्वागता
गण : र न भ गु गु
सङ्केत  : SIS III  SII  S   S

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:३९ मा प्रकाशित

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : पुनः डस्न तयारथ्यो

कविता : पुनः डस्न तयारथ्यो

दुर्गाप्रसाद सिग्देल,बिर्तामोड स्नान गर्न भनी साधु जादैथे नदीका तट त्यो...

कविता : मुटुमा छाम्छु तिमीलाई

कविता : मुटुमा छाम्छु तिमीलाई

समीप बैरागी,रोल्पा आशाको डालीमा जिन्दगीको रंगिन फूल फूलाउन हिँडिरहेछु संघर्षको...

चारु

चारु

दुर्गा क्षेत्री,सुनवल, नवलपरासी त्यो नजरमा मेरो नजर मिलाउँदा मजा हुन्छ...

गजल

गजल

अनुराग अरुण, ललितपुर मेरो बेस्सरी याद आए के गर्छौ नयन...

मुक्तक

मुक्तक

भूपाल अधिकारी, बिराटनगर १. भन्छु घट्घटी पिऊँ पच्दैन् तागतिला कुरा...