back

कविता : विदुरवचन

वि.सं.२०८० मंसिर ९ शनिवार

558 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

विदुर अधिकारी, रामपुर,चितवन

बेकारका कुनै हुन्नन्,
सबै हुन् काम आउने
चाहे फोहोर पानी होस्
अग्निज्वाला निभाउने ।
(१)

फटाहाले जुधाएर
पार्न सक्ने ठुलो कल
चोपिए हात फोहोर
मैलिने घटको जल ।
(२)

बेलामा नै नपाएमा,
करोडौँको हुने क्षति
मृत्यु पश्चात् मिलेका ती,
के काम दिव्य ओखती
(३)

बाहिरी रूप हेर्दैमा
बस्तु त्यो हुन्न अब्बल
पहेँला ती सबै बस्तु,
सुन हुन्नन् सरासर
(४)

जति विद्वान् भई पाओस्
मान सम्मान सुन्दर
बाबुआमा नहेर्ने त्यो
पुत्रको हुन्न है भर
(५)

बेला ढल्की गरेको त्यो
के होला कार्य सुन्दर
तेजिलो सूर्यको ताप
साँझसम्म रहन्छ र?
(६)

भेटिँदैनन् धरित्रीमा
साम्य भन्ने कसै गरी
हेर ती हातका औँला
कहाँ हुन्छन् बराबरी ।
(७)

धेरैबेर कहाँ टिक्छ
फटाहाको झुटो छल
हटेपछि घना मेघ
देखिनेछन् दिवाकर
(८)

अन्त्यमा दुःख मिल्नेछ
सत्य बोल्न चुकेपछि
महाभारतमा हेर
भीष्मको के भयो गति
(९)

फटाहाले अरूलाई
आफू जस्तै बनाउँछ
कुहिए एउटै आलु
जम्मै बोरा सडाउँछ
(१०)

छन्द : अनुष्टुप्

 

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:४२ मा प्रकाशित

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : पुनः डस्न तयारथ्यो

कविता : पुनः डस्न तयारथ्यो

दुर्गाप्रसाद सिग्देल,बिर्तामोड स्नान गर्न भनी साधु जादैथे नदीका तट त्यो...

कविता : मुटुमा छाम्छु तिमीलाई

कविता : मुटुमा छाम्छु तिमीलाई

समीप बैरागी,रोल्पा आशाको डालीमा जिन्दगीको रंगिन फूल फूलाउन हिँडिरहेछु संघर्षको...

चारु

चारु

दुर्गा क्षेत्री,सुनवल, नवलपरासी त्यो नजरमा मेरो नजर मिलाउँदा मजा हुन्छ...

गजल

गजल

अनुराग अरुण, ललितपुर मेरो बेस्सरी याद आए के गर्छौ नयन...

मुक्तक

मुक्तक

भूपाल अधिकारी, बिराटनगर १. भन्छु घट्घटी पिऊँ पच्दैन् तागतिला कुरा...