back

कोपिला

वि.सं.२०८० मंसिर ९ शनिवार

690 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

गिरिराज डल्लाकोटी,चितवन

१.
बिनाअर्थ डराउनेहरू हुन्छन्
एउटाले लगाइदियोभने स्यालहुइँया
पछिपछि कराउनेहरू हुन्छन्

२.
आफू मरी मराउनेहरू हुन्छन्
वर्तमानमा मै हुँ भनी कुर्लनेमध्ये धेरै
इतिहासमा हराउनेहरू हुन्छन्

३.
खेलाँची मन पराउनेहरू हुन्छन्
निर्देशन एउटाको हुन्छ पटकथा अर्कैको
अभिनय गराउनेहरू हुन्छन्

४.
डुबाएर तराउनेहरू हुन्छन्
घाँसबाहेक अरू केही देख्दैनन् भेंडाहरू
त्यसैले त चराउनेहरू हुन्छन्

५.
विषबिज छराउनेहरू हुन्छन्
पोकामा अमृत लेखेको देखेर नझुक्किनू
छोपीछोपी सराउनेहरू हुन्छन्

 

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:४३ मा प्रकाशित

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : पुनः डस्न तयारथ्यो

कविता : पुनः डस्न तयारथ्यो

दुर्गाप्रसाद सिग्देल,बिर्तामोड स्नान गर्न भनी साधु जादैथे नदीका तट त्यो...

कविता : मुटुमा छाम्छु तिमीलाई

कविता : मुटुमा छाम्छु तिमीलाई

समीप बैरागी,रोल्पा आशाको डालीमा जिन्दगीको रंगिन फूल फूलाउन हिँडिरहेछु संघर्षको...

चारु

चारु

दुर्गा क्षेत्री,सुनवल, नवलपरासी त्यो नजरमा मेरो नजर मिलाउँदा मजा हुन्छ...

गजल

गजल

अनुराग अरुण, ललितपुर मेरो बेस्सरी याद आए के गर्छौ नयन...

मुक्तक

मुक्तक

भूपाल अधिकारी, बिराटनगर १. भन्छु घट्घटी पिऊँ पच्दैन् तागतिला कुरा...