back

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

वि.सं.२०८० मंसिर ९ शनिवार

957 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

कलानिधि दाहााल,काठमाडौं

आँधी उठाएर अलिकति
तूफान पोको पारेर निकै नै
जोखिम उकालो
कठोर सगरमाथा
सङ्घर्षको यात्रा हिँड्नै छ
पूर्णिमाको जून
विनाबादलको घाम
दिलदराजमा बन्द गरेर
नाराविनाको अभियानमा
स्वार्थको सिउर चुँडेर
बिस्तारै
घरपरिवार
प्रेमीप्रेमिका
नाताआफन्त
जम्मै बिर्सँदै
एउटा विश्वासको
निर्दोष आँखामा
निस्कलङ्क पाखामा
कर्मका रेखा बिच्छ्याएर
मानवताको द्यौराली रोप्नु छ
अबेर हुन्न
सबेर पनि रहन्न
मात्र लाग्नु हो
चाहे हिजो
आज
वा भोलि होस्
कठोर उकालो हिँड्न
मनले
वचनले
र कर्मसम्मले
समर्पित हुन
समय त लाग्छ नै
मात्र सङ्कल्पको अभ्यास
लक्ष्यप्रतिको निरन्तरता
वेधक जन्मनु पर्छ जरामा
त्यत्तिकै हाँगा
कहाँ विस्फारित हुन्छन् र
बोधिका ?
न त्यता कुनै झार उम्रन्छ
–अहङ्कारको
न कुनै बाढी बौलाउँछ
–अन्धआस्थाको
न कुनै अपेक्षा रहन्छ
–एक अञ्जुली प्रशँसाको
साइक्लोनहरू दगुर्छन्
–ठिकै छ
चट्याङ् ओर्लन्छन्
–ठिकै छ
आरती सजिन्छन्
–ती पनि ठिकै छन्
धारे हात उचालिन्छन्
–अझ ठिकै छन्
चक्रवातका
चकाचौध फैलन्छन्
–समस्या छैन
आउने आइरहन्छन्
जाने गइरन्छन्
निर्वाध
निश्चल
निराधार
निरन्तर
कल्पका शाखाझैँ
बुध्दका अन्तर आँखाझैँ
दीनहीनका
आसन अग्ला बनाएर
त्यो विकट् उकालोमा
जतिसक्दो चाँडो
सेर्पासेर्पिनीका
बक्खु उतारेर
क्षेत्रीबाहुनका
जनै छिनालेर
कामीदमैको हीनता झिकेर
राईलिम्बूको
अहं खुर्केर
मात्र एउटै मान्छेको
द्यौराली रोप्नु छ
मानवताको डोब खनेर
स्वार्थको चिहान भत्काउनु छ !!

 

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:४५ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...