back

लघुकथा : पागल

वि.सं.२०८० मंसिर ९ शनिवार

744 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

होम प्रसाद नेउपाने, धरान,सुनसरी

आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको थिएँ । ढोका बन्द र झ्याल खुल्ला थियो । पल्लो घरको झ्यालबाट एक व्यक्तिले टाउको बाहिर निकालेर चिच्याएको आवाज मेरो कानसम्म आइपुग्यो – ‘आजसम्म तिमीहरूले के योगदान गर्यौ ? भोलि के गर्ने छौ ?’

सायद उ बाटो हिककंड्ने मानिसलाई सोधिरहेको थियो ।

यो प्रश्नले मेरो मन पनि समुन्द्री छालहरूझैँ उर्लिएको भान भयो । सायद उसले सोचेको थियो होला । म हिककंड्ने बाटो सजिलो छ । बिनारुकावट हिँडिरहने छु ।

मौन वातावरण फेरि चिरियो ।

‘म तिमीहरू जस्तो घाम होइन । बिहान उदाएर बेलुका अस्ताउने ।’

‘म तिमीहरू जस्तो बाटो पनि हैन, हिँड्दा हिँड्दै टुङ्गिने ।’

आवाजको फोहोरा तेजिलो सुनियो ।

‘के मैले केही नगरेको भन्ठान्छौ ? के यो समाजमा मेरो योगदान छैन ?’ उ फेरि चिच्यायो ।

‘म रोकिँदा तिमीहरू रहने छैनौ, म जागैरहँदा पनि अन्धकार हट्ने छैन, बुझ्यौ ?’

बाटो हिँड्ने मानिसहरूले टाउको उठाएर एकपटक माथि हेर्दै टाउको निहुराएर अगाडि बढिरहेका थिए ।

उसको आवाज सुन्ने दुई व्यक्तिमध्ये एकले भन्यो – ‘यो मान्छे पागल हो ।’

वि.सं.२०८० मंसिर ९ शनिवार ०८:४६ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...