back

मुक्तक

वि.सं.२०८० मंसिर ९ शनिवार

1.1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बिटु केसी,सुर्यविनायक, भक्तपुर

१.
सजाउन जाने सम्बन्ध फूल हो
नजान्दा खेरी नमिठो भूल हो
निर्मम नच्यात खुलेआम धरधरी
जिवनभर मुटुमा रोप्पीने शूल हो


लिनुदिनु छैन कतै मेरै लगन काफी छ
आफैसँग रमाउने मेरै मगन काफी छ
जलनका गन्धसँग जति टाढा उति राम्रो
मेरै थोरै हरियाली मेरै गगन काफी छ !!


बात मार्न जाने फोटो पनि बोल्छ
जाँगरले भाग्य खोटो पनि खोल्छ
खानु बरु एकछाक पसिनाकै खानु
कालो धनको थुप्रोले घरीघरी पोल्छ


ओठको हॉंसो भन्दा आँखाले हाँसेको गज्जब
गीतमा भरिएका ती भाकाले नाँचेको गज्जब
भन्नेले यो सारा जगत मिथ्या र भ्रम हो भन्छन्
यसो जीवन हेर्दा बरु पाकाले बाँचेको गज्जब


हेरिरहुं लाग्ने उसको परेलीको वात मिठो
मायालुको साथ हुँदा जुनेली त्यो रात मिठो
भुलाई यो दुनियाँलाइ मदहोस नै पारिदिने
मायाको मदिराको आहा! कस्तो मात मिठो

 

वि.सं.२०८० मंसिर ९ शनिवार ०९:०८ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...