back

निर्वाचनको तयारी तीव्र

वि.सं.२०७४ वैशाख १६ शनिवार

105 

shares
NTC AD
Global IME AD

१६ वैशाख,बागलुङ । स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ । गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयम्सेवक खटिएका छन् । नब्बे प्रतिशत निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । “मतदानस्थलमा पठाउने सामग्री तयारी हालतमा राखेका छौँ”, शर्माले भन्नुभयो ।

उहाँका अनुसार मतपेटिका, मतपत्र, नउड्ने मसीलगायत केही सामग्री मात्र आउन बाँकी छ । सुरक्षा प्रबन्ध र जनशक्ति व्यस्थापनको काम पनि अघि बढेको जनाइएको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका एक सय ३ मतदानस्थलमा एक हजार सात सय ४६ जनशक्ति खटिने छन् । अपुग जनशक्ति स्थायी शिक्षकबाट पूर्ति गरिने अधिकारी शर्माले जानकारी दिनुभयो ।

निर्वाचनमा माध्यमिक तहका एक सय ७५, आधारभूत तहबाट दुई सय ११ र प्राथमिक तहका नौ सय ५२ शिक्षक खटिने छन् । बाँकी अधिकृतस्तरका कर्मचारी एक सय ४०, सहायकस्तरका पाँच सय ८९, सहयोगी एक सय ८१ र स्वयम्सेवक पाँच सय ७५ हुनेछन् ।

जनशक्ति परिचालनदेखि निर्वाचन सञ्चालनको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।

कार्यालयमा चाहिने कर्मचारी व्यवस्थापन भइसकेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासले जानकारी दिनुभयो । निर्वाचनसम्बन्धी कामकारबाही कार्यालयमार्फत सञ्चालन हुने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत बेल्बासेलाई बागलुङ नगरपालिकाको निर्वाचन अधिकृतको समेत जिम्मा दिइएको छ ।

यस्तै नगरपालिकाहरु जैमिनीमा विष्णप्रसाद सुवेदी, ढोरपाटनमा केदारनाथ पौडेल र गलकोटमा धर्मराज पौडेल तथा गाउँपालिकाहरु ताराखोलामा देवीप्रसाद सुवेदी र काठेखोलामा धु्रव गिरीलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ । वरेङमा राजेन्द्रप्रसाद घिमिरे, बडीगाडमा रामचन्द्र शर्मा, निसीखोलामा विष्णुभक्त रञ्जित र तमानखोला गाउँपालिकामा सुवासकुमार लामिछानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

एक सय तीन मतदानस्थल रहेको बागलुङमा एक सय ९२ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा एक लाख ५६ हजार आठ सय दुई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये महिला मतदाताको सङ्ख्या ८२ हजार आठ सय ३९ छ ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरु पनि आफ्नो तयारीमा व्यस्त छन् । निर्वाचन प्रचारप्रसारसँगै उम्मदेवार छनोटको कसरतमा दलहरु छन् । निर्वाचनको मिति आउन दुई साता मात्र बाँकी रहँदा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई पनि चुस्त पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ वैशाख १६ शनिवार ०५:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...