back

हट्यो रासायनिक मलको परनिर्भरता

वि.सं.२०८० मंसिर ९ शनिवार

423 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

राजेन्द्र पनेरु, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । दुई वर्षअघि कृषक पाठशालामा सहभागी भएकी चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको प्रयोग गरी मल बनाउन सिकेकी छिन् ।

चार वर्षअघिदेखि नगरपालिकामा सञ्चालन गरिएको ‘स्कील अप’ परियोजनामार्फत सञ्चालित कार्यक्रममा सहभागी भएर चौधरीले माटोमा रहेको जैविक विविधतालाई जोगाउन सहयोग पु¥याउने बोकासी मल बनाउन सिकेकी हुन् ।

‘पहिलो वर्ष घरमै तयार गरिएको बोकासी मल प्रयोग गर्दा रासायनिक मल हालेजस्तो तरकारीको उत्पादन भएन,’ उनले भनिन्मा, ‘माटोमा मल बिस्तारै घुलमिल भएपछि दोस्रो वर्षदेखि तरकारी बालीको उत्पादन सोचेजस्तै गरी उत्पादन भएको छ ।’

चौधरीले हिउँदमा गोलभेँडा, काउली, बन्दा, खुर्सानी, आलुलगायतको खेती गर्छिन्। बर्सातका बेला लहरे प्रजातिका तरकारी रोप्दै आएकी छिन्। बाह्रै महिना उनको खेतमा तरकारी खेती हुन्छ ।

‘रासायनिक मलको प्रयोग गरी तरकारी खेती गर्दा रोग किराको प्रकोप अधिक हुँदा विषादी छर्किनुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘घरमै बोकासी मल तयार गर्न थालेपछि रोग किराको प्रकोप हट्दै जान थालेको छ, कतै रोग किरा देखापरे जैविधि विधिबाट तयार गरेको मानव स्वास्थ्यलाई हानि नगर्ने झोल विषादीको प्रयोग गर्छौँ ।’

यसरी तयार गरिएको मल र विषादीको प्रयोग गरी उत्पादन गरिएको तरकारीको बजार मूल्य बढी पाइने अर्का किसान महिला गीता चौधरीले बताइन् ।

‘रासायनिक मल र बजारमा खरिद गर्न पाइने विषादीको प्रयोग गरी उत्पादन गरिएको काउलीको थोक बजार भाउ प्रतिकिलो २० रूपैयाँसम्म पुगेको छ,’ उनले भनिन्, ‘जैविक विधिबाट तयार गरिएको काउली थोकमा ४० रूपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।’

तरकारी बालीमा विषादीको प्रयोग वर्षौंदेखि यस क्षेत्रका किसानले गर्दै आएकाले केहीमा दीर्घकालीन क्यान्सरलगायत रोगको सङ्क्रमण देखिएको छ ।

विषादीको लामो समयसम्म प्रयोगले स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि वैकल्पिक विधिका रूपमा किसानले बोकसी मलको प्रयोगलाई बढावा दिन थालेका हुन् । बोकासी मल धानको ढुटो, तोरीको पिना, हड्डीको धुलो, सुक्ष्म जिवाणु गुड भेली, पानी राखेर तयार गरिने वसन्ती चौधरीले बताइन् ।

वसन्तीका अनुसार बोकासी मल गर्मीको सयममा २० दिन र हिँउदको समयमा ४५ दिनमा खेतबारीमा छर्नका लागि तयार हुने गर्दछ। ‘मल प्रयोग गर्नुअघि बोटबिरूवा वरिपरि चिस्यान बनाउ छौँ,’ उनले भनिन्, ‘त्यसपछि मल छर्ने काम हुन्छ, बिरुवाको जात र उमेरअनुसार मलको अनुपात मिलाएर छर्ने गरिन्छ ।’ एकपटक तयार गरिएको मल दुई वर्षसम्म प्रयोग गर्न सकिने उनको भनाइ छ ।

बोकासी मलको प्रयोग गरी तरकारी खेती गर्ने किसानको सङ्ख्या ४० बढी रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी बताउँछन्। ‘बोकासी मलको प्रयोगले माटोको उर्वरशक्ति बढाउने कामसँगै बिरूवालाई चाहिने पोषकतत्व उपलब्ध गराउने भएकाले किसानको आकर्षण यस मलप्रति देखिएको छ,’ उनले भने, ‘यस मलको प्रयोग हुन थालेपछि तरकारीको उत्पादन दोबर बढी भएको छ, उत्पादन बढी भएपछि किसानको आम्दानी पनि बढेको छ, रासायनिक मल रोज्दै हिँडनुपर्ने पहिलाको जस्तो परनिर्भरतासमेत किसानलाई अहिले छैन ।’

अध्यक्ष नरेन्द्रप्रसादका अनुसार यस क्षेत्रका किसानले कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जग्गामा बाह्रै महिना मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीमा संलग्न किसानको वार्षिक आम्दानी ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म हुने गरेको छ ।

स्कील अप परियोजनाले विगत चार वर्षदेखि कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा किसानलाई उन्नत प्राङ्गारिक खेती प्रविधिमार्फत तरकारी उत्पादनमा सहयोग गर्दै आएको परियोजनाका संयोजक रामभक्त न्यौपानेले बताए । स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी तयार गरिने बोकासी मल जापानी प्रविधि रहेको उल्लेख गर्दै उनले यो प्रविधि किसानमाझ निकै लोकप्रिय हुँदै गएको बताए ।

‘मानवीय स्वास्थ्यलाई असर नगर्ने र माटोको उर्वर क्षमता बढाउने भएकाले किसानले रासायनिक मलको विकल्पका रूपमा यस मललाई लिएका छन्,’ संयोजक न्यौपानेले भने, ‘तरकारी खेतीमा प्रयोग हुने रासायनिक मल र विषादीको प्रयोगमा कमी आएसँगै यसमा लाग्ने किसानको खर्च जोगिएको छ, लागत घट्दा किसानको आम्दानी बढेको छ ।’

प्रविधिको विस्तार गर्ने, आयआर्जन बढाउने र व्यावसायिक बनाउनका लागि कृषकलाई पाठशालामार्फत शिक्षा दिने कार्य गरिएको उनको भनाइ छ ।

‘विशेषगरी जैविक विधिमा आधारित भइ व्यावसायिक तरकारी खेती गर्नका लागि जैविक मल र विषादी बनाउने कार्य सिकाउनुका साथै प्रयोग गर्ने तरिकाबारे जानकारी दिएका छौँ,’ संयोजक न्यौपानेले भने, ‘तरकारी बालीमा अन्धाधुन्धरूपमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा पु¥याउने असरबारे सचेत पार्ने कार्यमा लागेका छौँ ।’

नगरपालिकाको कृषि विकास शाखका प्रमुख करन सिंह बुढाऐरले जैविक विधिबाट तरकारी खेती गर्ने किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनका लागि अनुदान दिन कार्यक्रम सञ्चालन भइरहेको बताए ।

‘व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई ८० प्रतिशत अनुदानमा प्राङगारिक मल उपलब्ध गराउन लागेका छौँ,’ उनले भने, ‘त्यसका लागि ६ लाख रुपैयाँ बजेट विनियोजित गरिएको छ ।’

कृषि ज्ञान केन्द्रका प्राविधिक जनकबहादुर सिंह जैविक मल र विषादीको प्रयोग गरी उत्पादन गरिएका तरकारी खरिद गर्नका लागि बजार व्यवस्थापनमा सहजीकरण गरिने बताउँछन् ।

‘केन्द्रले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएकाले त्यसमा निवेदन दिएर किसानले अनुदानमा कृषि औजार, मेसिनरी, बीउबिजन, सिँचाइका साधन, ढुवानीका साधन खरिद गर्न सकिने हुन्छ,’ उनले भने, ‘व्यावसायिक खेती गर्दै आएकालाई मात्रै अनुदानमा समेत छौँ ।’
रासस सांकेतिक फोटो

वि.सं.२०८० मंसिर ९ शनिवार १५:४८ मा प्रकाशित

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका...

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

आधुनिक प्रविधि भित्रिएसँगै ढिकीमा धान कुट्ने चलन हराउँदै

कञ्चनपुर । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान...

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरा । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ ।...

बझाङ जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

बझाङ जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

चैनपुर (बझाङ) । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको...